कोइला प्रयोग नगरी इँटा उत्पादन

Read Time = 3 mins

काठमाडौं । पोखरा इको रेड ब्रिक्स प्रालिले होल ब्रिक (प्वाल भएको इँटा) उत्पादन सुरु गरेको हो । इँटाभट्टाबाट वातावरण प्रदूषण बढेको भन्दै चर्काे आलोचनाबीच यसअघि जर्मन प्रविधिमा आधारित हफ म्यान क्लिनबाट चाइनिज इँटा उत्पादन सुरु गरेको कम्पनीले कास्कीको पोखरास्थित पोल्याङबाटै प्वाल भएको इँटा उत्पादन सुरु गरेको हो । पोखरा इको रेड ब्रिक्स प्रालिका अध्यक्ष इञ्जिनियर कृष्णभक्त दुवालले भवन तथा अन्य पूर्वाधार निर्माणमा प्रयोग हुने सामान्य इँटाको तुलनामा प्वाल भएको इँटा आर्थिक हिसाबले सस्तो, वातावरणमैत्री र प्रयोग गर्न सजिलो हुने भएकाले उत्पादन सुरु गरिएको बताउनुभयो ।

इञ्जिनियर दुवालले देशैभर १५ प्रतिशतको होल ब्रिक्स प्रयोगले कोइला खपतमा मात्र वार्षिक पाँच अर्ब बचत हुने दाबी गर्नुभएको छ । हाल नेपालमा एक हजार तीन सय ५० इँटा उद्योगबाट कोइला खरिदका लागि वार्षिक २५ अर्ब रुपैयाँ विदेशिने गरेको छ । दुवालका अनुसार यस्तो इँटामा इन्सुलेसन हुने हुँदा घरबाहिरको तापक्रम धेरै हुँदा पनि भित्र चिसो राख्न र बाहिर चिसो हुँदा घरभित्रको तापक्रम सन्तुलित हुन्छ । हलुका हुने भएकाले घरको भार कम हुन्छ । यसमा फलामे डण्डी प्रयोग धेरै नहुने हुँदा घर निर्माण गर्दा लाग्ने लागत पनि कम हुन्छ ।

कम्पनीको आफ्नै एक सय रोपनीमा उद्योग राखी इँटा उत्पादन सुरु गरेको हो । जुन ठाउँ पोखरा र दमौलीबाट करिब २० किलोमिटर दूरीमा पर्छ । नेपालमा सामान्य लोकल इँटा, चाइनिज इँटालगायतका विभिन्न थरिका इँटाका साथै ब्लकका इँटा रहेका छन् । आकर्षक खालका पोंल अपा (झिंगटी), चिकं अपा (तेलिया इँंटा) लगायतका इँटा पनि उत्पादन हुने गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?