भगवान गणेशका ११ स्वरुप- कस्को पूजा गर्दा के फल मिल्छ ?

तस्बिर : सामाजिक सञ्जाल

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ। हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवताको हुन् भगवान गणेश । ऋद्धि र सिद्धि यीनका श्रीमती हुन् । शिवमहापुराणमा गणेशको नामबाट परिचित भगवान गणेशको जांतहुने, पूजागर्ने तिथि, मिति, बिधि, बिधानमा एकरुपता छ ।

भगवान श्री गणेशको रूपमा भिन्नता रहेको छ । यो भिन्नताले आफ्नो-आफ्नो छुट्टा छुट्टै महत्व देखाउँछ । भगवान श्री गणेशको पूजा सबै देवताहरू भन्दा पहिले हुन्छ । काममा कुनै बिध्न बाधा उत्पन्न न होस् भनेर कुनै पनि काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आरधना र स्मरण गर्दछन् ।

मंगलाचरणको शुरुमै ॐ श्री गणेशाय नमः मन्त्रोच्चारणबाट नै कामको थालनी गरिएको हुन्छ ।

श्रीगणेशको नाम मात्र लिनाले पनि मानिसहरूको मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । ११ प्रकारका गणेश भगवानका स्वरुपमध्ये कुनै एकको विधिपूर्वक पूजा गर्नाले घरमा सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास छ ।

सेतो गणेश : भगवान गणेशका विभिन्न स्वरुप मध्ये तपाईले सेतो गणेशको प्रतिमा देख्नुभएको होला । मठ मन्दिरमा समेत गणेश भगवानको सेतो प्रतिमा हुन्छन् । बजारमा पनि सेतो गणेशको मूर्ति किन्न पाइन्छ । यीनलाई ‘श्वेतार्क गणपति’ पनि भनिन्छ । ‘श्वेतार्क गणपति’को प्रतिमा घरमा स्थापित गर्नाले घरका सवै सदस्यहरूको दुःख निवारण हुने धार्मिक विश्वास छ ।

मुगा जडित गणेश : मुगा सिंदूर रंगको एक रत्न हो । यसबाट निर्माण गरिएको गणेशको मूर्तिलाई पूजास्थानमा स्थापित गरी नित्य पूजा गर्नाले शत्रुको नास हुने भक्तहरुको मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

पन्ना जडित गणेश : पन्ना पनि एक हरिणे रङको रत्न हो । यसबाट बनेको गणेशको प्रतिमा पूजास्थानमा स्थापना गरी विधिपूर्वक पूजा गर्नाले सत्बुद्धि प्राप्ति हुनुका साथै सुख शान्ति र धन प्राप्ति हुने विश्वास गरिन्छ ।

चाँदीको गणेश : जसले धनको इच्छा राख्छ । उसले चाँदीद्वारा निर्माण गरिएको गणेको प्रतिमालाई पूजा गर्नुपर्ने जनाइन्छ । यस्तो प्रकारको प्रतिमा पूजास्थानमा स्थापित गरी पूजा गर्नाले धन-सम्पत्ति प्राप्ति हुने घरमा सुख शान्ति हुने विश्वास गरिन्छ ।

चन्दनद्वारा निर्मित गणेश : पूजामा प्रयोग हुने चन्दन ९एक प्रकारको काठ०बाट निर्माण गरिएको भगवान गणेशको प्रतिमा घरमा राखेर पूजा गर्नाले कुनै पनि प्रकारका विपतबाट बच्न सकिने धार्मिक विश्वास छ । यस प्रकोको गणेशको पूजा गर्नाले पारिवारमा सखु–शान्ति छाउने विश्वास गरिन्छ ।

पारद गणेश : धनसम्पत्ति प्राप्तिका लागि पारद अर्थात पारोबाट बनेको गणेको प्रतिमा पूजास्थानमा राख्नु उपयुक्त मानिन्छ । यस प्रकारको प्रतिमा घरमा राखेर पूजा गर्नाले तन्त्रको प्रभाव नपर्ने बताइन्छ ।

बाँसुरी बजाउँदै गरेको गणेश : घरमा झैझगडा तथा विवाद हुन्छ भने बाँसुरी बजाउँदै गरेको गणेशको प्रतिमा राखी पूजा गर्नु उत्तम मानिन्छ । बाँसुरी बजाउँदै गरेको गणेशको प्रतिमा पूजा स्थानमा राखेर विधिपूर्वक पूजा गर्नाले सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने विश्वास गरिन्छ ।

हरियो रंगको गणेश : हरियो रंगको श्रीगणेशको पूजा गर्नाले ज्ञान र बुद्धि प्राप्ति हुने विश्वास गरिन्छ । यस्तो प्रकारको गणेश घरमा राखेर विद्यार्थीहरूले नित्य पूजा गर्नु उत्तम मानिन्छ ।

हात्तीमा विराजमा गणेश : यदी कोही धन प्राप्तिको इच्छा राख्दछन् भने हात्तीमा बिराजमान भएको भगवान गणेशको प्रतिमा पूजा कोठामा स्थापना गरी विधिपूर्वक नित्य पूजा गर्नुपर्छ । हात्तीमा विराजमान श्रीगणेशको पूजा गर्नाले पैसा, इज्जत र स्वामिमान वृद्धि हुने धार्मिक विश्वास छ ।

नाच्दै गरेको गणेश : नाच्दै गरेको भगवान गणेशको प्रतिमा पूजाकोठामा स्थापित गरी पूजा गर्नाले मनमा शान्ति मिल्ने तथा तनावबाट मुक्त भइने धार्मिक विश्वास छ । मनको शान्ति र एकाग्र बन्नको लागि नाच्दै गरेको गणेशको मूर्ति पूजा स्थानमा राख्नु उत्तम मानिन्छ ।

पञ्चमुखी गणेश : तान्त्रिक क्रिया सिद्दिका लागि पञ्चमुखी गणेश भगवानको पूजा गर्नु उत्तम मानिन्छ । पञ्चमुखी श्रीगणेशको पूजा गर्नाले कुनै पनि तान्त्रिक क्रियामा कुनै पनि बाधा–अडचन नआउने धार्मिक विश्वास छ । एजेन्सीको स.

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?