वैदेशिक रोजगारीमा ज्यान गुमाएकाको शव आफन्तलाई चाँडै बुझाउने व्यवस्था गरियोस्: योगेन्द्र मण्डल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएकाको शव आफन्तलाई चाँडै बुझाउने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएकाे छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उहाँले विदेशमा ज्यान गुमाएका नेपाली श्रमिकको शव उहाँका आफन्तले चाँडै पाउने व्यवस्था गर्न माग गर्नुभएकाे हाे ।

जीवित छँदा उसले पठाएको रेमिट्यान्सप्रति सरकारले गर्व गर्ने गरे पनि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएपछि बेवास्ता गरेको भन्दै आपत्ति जनाउदै उहाँले अब उप्रान्त वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपाली श्रमिकको शव उनका आफन्तलाई चाँडै बुझाउने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?