आलु उत्पादनबाट किसान उत्साहित

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 1 min

डडेल्धुरा । डडेल्धुरा जिल्लाको सदरमुकाम छेउमै रहेको सेलागाउँका किसानहरुले व्यवसायिक रुपमा शुरु गरेको आलु उत्पादन पछि हर्षित र उत्साहित भएका छन ।

अमरगढी नगरपालिका वडा नं. ५ सेलागाउँका किसानहरुले उन्नत प्रबिधिको व्यवसायिक आलु खेती सम्बन्धि परामर्श र प्रयोगात्मक तालिम पाए पछि एक क्वीन्टल बीउबाट २४ क्वीन्टल आलु फलाएका छन भने सामूहिक रुपमा लगाएका आलुबाट पनि मनग्गे आम्दानी लिन सफल भएको स्थानीय कृषक डम्बरी देवी अवस्थीले बताउनुभयाे ।

गाउँका २५ जना महिलाहरुले श्री असिग्राम कृषक पाठशाला मार्फत सामूहिक रुपमा एक रोपनीमा पाईलट कार्यक्रमको रुपमा लगाईएको आलु परम्परागत आलु खेती र अन्न वालीको तुलनामा मनग्गे आम्दानी हुने भए पछि खुशी भएका हुन् ।

गाउँका महिलाहरुले व्यवसायिक आलु खेतीको जगेर्ना गर्न ११ सय मिटर तारजाली घेरबार पनि गरिरहेका छन भने आगामी मौसममा गाउँभरि आलु खेती शुरु गर्ने किसानहरुले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?