वाणिज्य बैंकद्वारा क्रिकेट टोली सम्मानित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्मानका साथै जनही एक लाख रुपैयाँद्वारा पुरस्कृत गरेको छ । बैंकले एक कार्यक्रममार्फत् क्रिकेट खेलाडीसँगै प्रशिक्षकलाई पनि सम्मान गरेको हो । त्यस्तै, टिम अफिसियलहरूलाई जनही ५० हजारले पुरस्कृत गरिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपाली क्रिकेट टोलीको प्रशंसा गर्दै आगामी दिनमा थप उचाइ प्राप्त गर्न शुभकामना दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समय नेपाली क्रिकेटले प्राप्त गरेको सफलता अभूतपूर्व छ । अबको यात्रा झन् कठिन र संघर्षपूर्ण छ, त्यस यात्रामा यहाँहरूले हिजोको भन्दा बढी मिहिनेत र कठिन परिश्रम गरेर फेरि पनि राष्ट्रको नाम उच्च बनाउन यही कार्यक्रमबाट शुभकाना व्यक्त गर्छौं ।’

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बैंकसँगको सहकार्य र खेलाडी सम्मानले हौसला प्राप्त गरेको बताउनुभयो ।
‘राष्ट्रिय वाणिज्य बैंकले आफैंले सम्झेर खेलाडीहरूको हौसला बढाउने शुभकार्यको थालनीका लागि संघका तर्फबाट आभार प्रकट गर्छौं ।

यहाँहरूको साथले नेपालको क्रिकेटले थप उचाइ प्राप्त गर्नेछ,’ उहाँले भन्नुभयो । उहाँले खेलाडीसँगै खेलाडी छनोटकर्ता र प्रशिक्षकप्रति पनि आभार प्रकट गर्नुभयो ।

राष्ट्रिय वाणिज्य बैंकले गत बुधबार नै नेपाली राष्ट्रिय क्रिकेट टोलीका नेपाली टोलीलाई नगद राशिसहित सम्मान गर्ने घोषणा गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?