दोलखाको मृगे र झुलेका कृषकलाई दोहोरो फाइदा

हिमालय टाइम्स
Read Time = 4 mins

दोलखा । दोलखाका कृषक पशुपालनमा आकर्षित हुन थालेका छन् । गाईवस्तुको मल तरकारीबालीका लागि आवश्यक हुने र दूध, घ्यू, दहीबाट आम्दानी गर्न सकिने भएकाले पशुपालनदेखि कृषि पेसासम्म उनीहरूको आकर्षण बढेको हो । त्यसो त दोलखाको तामाकोसी गाउँपालिकाको झुले र मृगे गाउँ हिजोआज निकै हरियाली देखिन्छ । पशुपालन र कृषिकर्ममा लागेपछि यहाँका सुकौरा बारीहरू हरियालीमा परिणत हुँदै गएका छन् । यहाँका कृषकहरू अहिले व्यावसायिक रूपमै पशुपालनमा लागेका छन् ।

पहिले फाट्टफुट्ट घरमा मुस्किलले एकदुई माउ गाई पाल्ने कृषकहरू पनि अहिले व्यावसायिक रूपमै बाख्रापालन, गाईपालन र कृषि पेसामा आबद्ध भएका हुन् । नेपाल ग्रामीण पुनर्निर्माण संस्था आरआरएनले गाउँमै पुगेर अति विपन्न परिवार र मेहनती कृषहरूलाई पशुपालन र कृषिक्षेत्रबारे चेतना विस्तार र अनुदान प्रदान गरेपछि कृषकहरू व्यावसायिक रूपमै यो पेसामा संलग्न भएका हुन् ।

कुनैबेला एउटा गाई नहुने घरमा अहिले पाँचसात वटा गाई र भँैसी देख्न सकिन्छ । पशुपालनबाट मलमूत्र संकलन गरेर खेतबारीमा लगाउँदा माटो राम्रो हुने, उर्वराशक्ति बढ्ने र माटो बिगार्ने रासायनिक मल किन्न नपर्ने भएका कारण पशुपालन नै कृषकको रोजाइमा परेको दोलखा झुलेका पशुपालक कृषक शुभराज तामाङको भनाइ छ । त्यसो त थलाभरी गाई हुँदा कृषकलाई खोले कँुडो र स्याहार सुसार गर्न भ्याई नभ्याई हुन्छ । बिहानको दूध दुहुने र दूध संकलन केन्द्रमा पु¥याउनेसम्मको उनीहरूको व्यस्त दिनचर्या अन्यका लागि उदाहरण बन्दै गएको छ ।

पशुपालनमध्ये बाख्रापालन यहाँका कृषकको लागि व्यावसायिक बनेको छ । नेपाल ग्रामीण पुनर्निर्माण संस्था आरआरएनले गाउँमै पुगेर परम्परागत गोठ सुधार गरेपछि अहिले यहाँका कृषकहरू पनि बाख्रापालनमा लागेका छन् । गोठ सुधारपछि बाख्रा पालनबाट मनग्य आम्दानी गर्न सकिएको झुलेका बाख्रापालक कृषक मनोज कार्कीको भनाइ छ । गाईवस्तु व्यावसायिक रूपमै पाल्न थालेपछि उनीहरूको आम्दानी पनि राम्रै हुन थालेको छ । सधैँ बेरोगार हुने कृषकहरू व्यावसायिक रूपमा लागेपछि उनीहरूलाई एकछिन फुर्सद छैन । पशुपालनका लागि आवश्यक डाले र भुइँ घास लगाउँदा यो झुले र मृगे गाउँ हरियाली देखिन्छ । गाईपालन र बाख्रापालनलाई व्यावसायिक बनाउन सके यसबाट मनग्य आम्दानी गर्न सकिने उनीहरूको ठम्याई छ ।

पशुपालन गर्न सके तरकारीखेती र अन्य कृषि उत्पादन पनि राम्रो गर्न सकिने रहेछ भन्ने आत्मविश्वास कृषकहरूको छ । पशुपालनबाट तरकारी लगायतका अन्य कृषिबालीका लागि मल पनि हुने । तरकारी बिक्रीबाट आम्दानी गर्न सकिने र दूध डेरीसम्म पु¥याउँदा आम्दानी गर्न सकिने भएकाले यहाँका कृषकहरूले पछिल्लो समय पशुपालन र कृषिबाट दोहोरो फाइदा लिँदै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?