बच्चा जन्माउने सोचमा हुनुहुन्छ ? जान्नुहोस् यि कुरा

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । सुन्दर र स्वस्थ बच्चाको चाहना नराख्ने को होला ? वैवाहिक जीवनमा बाँधिएका अधिकांश दम्पतीको एउटै सुन्दर सपना हुन्छ, स्वस्थ बच्चा जन्माउने । तर, सबैले सोचेजस्तो र कल्पना गरेजस्तो बच्चा पाउन सकिरहेका छैनन् । नचाहँदा नचाहँदै पनि केही परिवारमा रोगी र अस्वस्थ बच्चाको जन्म हुने गरेको छ । कतिपय घरमा यस्ता बच्चाको जन्मले खुसी ल्याउन सक्दैन ।

यसमा महत्वपूर्ण भूमिका आमाको उमेरसँग पनि निर्धारण रहन्छ । हाम्रो समाजमा जब कुनै किशोरी महिनावारी हुन्छ । उ बच्चा जन्माउन योग्य भैहाल्छे भन्ने भ्रम छ । त्यही कारण समाजमा अझैं पनि बालबिवाहका धेरै उदाहरणहरू हामी देख्न सक्छ । ती अपरिपक्व किशोरीलाई थाहा नै नभइ उ गर्भवती हुन्छे ।

कम उमेरमा वा २० वर्ष भन्दा पहिले केटी मान्छेमा वृद्धि विकास पूर्ण रुपमा भैसकेको हुँदैन । फलस्वरुप गर्भपत हुने, गर्भवती महिलाको मृत्यु हुने, बच्चा अपांग जन्मने, सुत्केरी हुँदा शल्यक्रिया अनिवार्य जस्तै हुने, आमा र बच्चामा दीर्घकालसम्म समस्या देखापर्ने गर्दछ ।

निश्चित उमेरमा जन्मिएका बच्चा तुलनात्मक रुपमा स्वस्थ र स्फूर्त हुने गर्छन । कुन उमेर बच्चा जन्माउनको लागि सबै भन्दा उत्तम हुन्छ ?

कतिलाई भविष्यको चिन्ता त कतिको चाडो तथा ढिलो उमेरमा विवाह हुँदा बच्चा जन्माउने अनुकुल उमेर नहुन सक्छ। कतिपयलाई कुन उमेरमा बच्चा जन्माउनु अनुकुल हुन्छ त कुन उमेर प्रतिकुल थाहा नहुन सक्छ ।

यस्तो अबस्थामा धेरै समस्या सृजना हुन्छ । उपयुक्त उमेर बाहेक अन्य उमेरमा बच्चा जन्माउँदा एकातिर बच्चा स्वस्थ नजन्मन सक्छ भने अर्कोतर्फ आमाको स्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्छ ।

बच्चा जन्माउने उपयुक्त उमेर

बच्चा जन्माउने उपयुक्त उमेर महिलाको लागि २० देखि ३५ बर्ष र पुरुषको लागि २० देखि ४०-४५ वर्षसम्म हो । यसमा पनि २० देखि ३० वर्षको महिलाको लागि बच्चा जन्माउने निकै राम्रो मानिन्छ।

हाम्रो समाजमा अझै पनि किशोरी रजस्वला भएपछि बच्चा जन्माउन योग्य भैहाल्छे भन्ने भ्रम छ । कम उमेरमा वा २० वर्ष भन्दा पहिले केटी मान्छेमा वृद्धि विकास पूर्ण रुपमा भैसकेको हुँदैनन् ।

यस्तै ३५ वर्ष भन्दा पछिका महिलामा आवश्यक हर्मोन र अण्डाको कमी हुने, अण्डाको गुणस्तरमा कमी हुने हुन्छ र शारीरिक रुपमा पनि ढल्कदो उमेर भएकाले जटिलता सृजना हुन्छ ।

बढ्दो उमेर अतिरिक्त आधुनिक जीवनशैली, तनाव, प्रदुषण जस्ता कारण प्रजननमा असर पर्छ । उमेर बढेसँगै उच्च रक्तचाप, मधुमेह थाइराइड जस्ता समस्याहरु प्रजनन शक्तिको लागि बाधक बन्छन् । यस्तै धेरै उमेर भएका महिलाको लागि गर्भसयमा ट्युमरको समस्या आउन सक्छ । 

अनुपयुक्त उमेरमा बच्चा जन्माउँदा देखा पर्ने समस्या

-बच्चा अपांग जन्मने ।

-सुत्केरी हुँदा शल्यक्रिया अनिवार्य जस्तै हुने ।

-आमा र बच्चामा दीर्घकालसम्म समस्या देखापर्ने ।

ध्यान दिनुपर्ने कुरा

-संक्रामक र वंशाणुगत रोगका बिषयमा जाँच गर्ने वा स्वास्थ्य परामर्श लिने

-सन्तुलित खाना

-धूमपान र मद्यपान छाड्ने

-शरीरको तौलका विषयमा पनि ख्याल गर्ने

-अस्थायी साधनको प्रयोग छाड्ने बिगषयमा जानकारी राख्नुपर्ने

-उच्च मनोभाव र नियमित स्वास्थ्य परीक्षण

-रोगविरुद्ध उपयुक्त खोप

-तालिमप्राप्त स्वास्थ्यकर्मीद्धारा उपयुक्त स्थानमा प्रसूति गराउने

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?