पुष्पा २ मा रणवीर सिंह प्रहरी अधिकृतको भूमिकामा

Read Time = 1 min

मुम्बई । साउथ अभिनेता अल्लू अर्जुन हालका दिनमा आफ्नो सुपरहिट फिल्म ‘पुष्पा’को सिक्वेल ‘पुष्पा २’को सुटिङ गरिरहेका छन् । अब यो फिल्ममा अभिनेता रणवीर सिंह पनि जोडिने भएका छन् । फिल्ममा उनले प्रहरी अधिकृतको भूमिका निभाउनेछन् ।

रणवीरले यसअघि फिल्म ‘सिम्बा’ र ‘सूर्यवंशी’मा प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका थिए । फिल्म ‘पुष्पा २’मा रणवीरले पुष्पा राजको परिचय गराउनेछन् । फिल्ममा रणवीरको भूमिका महत्वपूर्ण हुने बताइएको छ ।

फिल्मका निर्देशक सुकुमारले फिल्ममा ठूला ठूला कलाकारको केमियो हुने बताएका छन् । उनले फिल्मको तेस्रो सिक्वेल बनाउने पनि सोच बनाइरहेको खुलाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?