नेपाली युवा वैज्ञानिकहरुले निर्माण गरेको रकेट अमेरिकाको आकाशमा उडाउने तयारी

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली युवा वैज्ञानिकहरुले निर्माण गरेको रकेट अब अमेरिकाको द न्यू मेक्सिकोबाट उडाइने भएको छ ।

एस्ट्रल स्पेस रिसर्च नेपालले अमेरिकामा हुने ‘स्पेस एपोर्टस कप २०२३’ को लागि नेपालको प्रतिनिधित्व गर्दै जाने १६ सदस्यीय नामावली टुङ्ग्याएको छ ।

इन्जिनियर शिशिर जिसीको नेतृत्वमा नेपालमा रकेटको क्षेत्रमा अनुसन्धान र विकासमा काम गरिरहेका युवा वैज्ञानिकहरुको सहभागिता रहने बताइएको छ ।

स्पेस एपोर्टस कप २०२३ जुन १९ देखि २४ सम्म अमेरिकाको द न्यू मेक्सिकोमा हुनेछ, जसमा विश्वभरका विभिन्न शक्तिशाली देशसंगै नेपाल पनि सहभागि हुनेछ ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै एस्ट्रल स्पेस रिसर्ज नेपालले जस अन्तर्गत ‘प्रोजेक्ट श्री’ अभियानलाई सफल बनाउनको लागि सरकारी क्षेत्रसँग सहयोगको लागि आग्रह गरेको छ ।

एपोर्टस कपको लागि सहयोग संकलन स्वरुप सिबीएम कलेज अफ साइन्स डिल्लीबजार काठमाडौँमा जेठ ९ गतेदेखि जेठ १४ गतेसम्म प्रदर्शनी गर्न लागिएको कार्यक्रम संयोजक शिशिर जिसीले जानकारी दिनुभयो ।

सो पदर्शनी कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह लगायतका अन्य विशिष्ट व्यक्तिहरुको समेत सहभागिता रहने उहाँले बताउनु भयो ।

सिबीएम कलेज अफ साइन्ससँगको सहकार्यमा ‘आकाश छुने सपना, नेपालको रकेट’ अभियानलाई अघि बढाइरहेको बताइएको छ । ‘स्पेस एपोर्टस कपमा सहभागि हुन झण्डै ९० लाख रुपैयाँ लागतको अनुमान गरिएको छ । हालसम्म रकमको सुनिश्चितता नहुँदा केहि समस्या परिरहेकाले सरकारी क्षेत्रसँग ठूलो सहयोगको अपेक्षा रहेको ई. जिसीले बताउनु भयो । आफुहरुले निर्माण गरेको रकेट अमेरिकी आकाशमा झण्डै १० हजार फिट अग्लो स्थानमा पुग्ने उहाँको विश्वास छ ।

पछिल्लो समय नेपालमा टेक्नोलोजीको विकास तिव्र गतिमा भइरहेको अवस्थामा यस्ता खालका अवसरले नयाँ पुस्तालाई थप सहयोग र हौसला प्रदान गर्ने सिबीएम कलेजका प्रिन्सिपल सुमन न्यौपानेले बताउनु भयो ।

नेपालमा विकास तथा प्रविधि क्षेत्रका लागि हरेक सम्भावना भएपछि सरकारी तथा नीति निर्माण जन्य क्षेत्रले कुनै वास्ता नगरेका कारण नेपाल यस्ता क्षेत्रमा पछि परेको एस्ट्रल स्पेस रिसर्च नेपालका सदस्य डा.निकोलश भुसालले गुनासो गर्नुभयो। सरकारी क्षेत्रसंगै देशमा रहेका अन्य नीजि क्षेत्रको सहयोग बिना कुनै पनि कार्यहरु गर्न नसकिने भन्दै डा. भुसालले आफुहरुको प्रयासमा साथ दिन आग्रह समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?