काठमाडौं । कांग्रेस सांसद चन्द्र भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा नेपालमा जलन अस्पताल निर्माणको काम थाल्नुपर्ने बताउनु भएको छ ।
बुधबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएपश्चात सभामुख देवराज घिमिरेको कार्यकक्षमा भण्डारी र ओलीबीच भेटवार्ता भएको छ । सम्बोधनपछि सभामुख घिमिरेको कार्यकक्षमा बस्नुभएका भण्डारीलाई भेट्न अध्यक्ष ओली पुग्नुभएको थियो ।
सोही अवसरमा भण्डारीले नेपालमा जलन अस्पताल आवश्यक रहेको बताउँदै तत्कालै काम सुरु गर्न अध्यक्ष ओलीको ध्यानाकर्षण गराउनु भयो।
गत ३ पुसमा भएको आगलागीमा परेर स्वास्थ्यलाभ गरिरहेका भण्डारीले ओलीसँगको भेटमा भन्नुभाये ‘मेरो बारेमा तपाईंले भन्नुभएको सुनेँ, गुल्मीमा पनि बोल्नुभएको सुनेँ । गुल्मीबाट पनि स्वास्थ्य लाभको कामना गर्नुभयो । थ्याङ्क यू सो मच । मैले आमा बितेको दुई महिनापछि मात्रै थाहा पाएँ ।’
जवाफमा एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘तपाईं फर्केर आउनुहुन्छ भन्ने विश्वास थियो । निको भएर आएपछि भेट भयो । खुसी लागेको छ ।’
Live: प्रतिनिधि सभा बैठक
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच