२०४७ सालयताका मन्त्री र उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न वामदेव गौतमको माग

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रियसभा सदस्य तथा पूर्वगृहमन्त्री वामदेव गौतमले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण निकै ठूलो अपराध भएको उहाँले बताउनु भयो । बुधबार संघीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष गौतमले त्यसमा संलग्न जोकोहीलाई नियम र कानुन बमोजिम कारबाही गर्नुपर्ने धारणा राख्नुभएको हो ।

२०४७ सालयता भएका मन्त्री र उच्चपदस्थ कर्मचारीहरूको पनि सम्पत्ति छानबिन गरी भ्रष्टमाथि कडा कारबाही गर्नुपर्ने उहाँको भनाइ थियो ।

सांसद गौतमले सरकारले सो प्रकरणका दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाएको भन्दै सरकारलाई धन्यवाद दिनुभयो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?