बार्सिलोनाको लगातार दोस्रो हार

Read Time = 2 mins

एजेन्सी । स्पेनिस ला लिगा च्याम्पियन बनेपछि बार्सिलोना लगातार दुई खेलमा पराजित भएको छ । लगातार दोस्रो हार बेहोर्ने क्रममा बार्सिलोना रियल भालाडोलिडसँग तीन-एकले पराजित भएको हो । बार्सिलोना त्यसअघि रियल सोसिडाडसँग दुई-एकले पराजित भएको थियो । उक्त खेलपछि नै बार्सिलोनाले च्याम्पियन्स ट्रफी उचालेको छ ।

मंगलबार राती भएको खेलमा बार्सिलोनालाई हार चखाउन रियल भालाडोलिडका साइल लरिन र गोन्जालो प्लाटाले एक–एक गोल गर्नुभयो । बार्सिलोनाले एक गोल आत्मघाती उपहार दिएको थियो । बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काउनुभयो ।

खेलको दोस्रो मिनेटमा नै आन्द्रेसर क्रिस्टेन्सेनले आत्मघाती गोल गरेपछि बार्सिलोना पछि परेको थियो । यस्तै, २२औँ मिनेटमा साइल लरिनले पेनाल्टीमा गोल गर्दै भालाडोलिडलाई दोब्बर अग्रता दिलाउनुभयो ।

७३औँ मिनेटमा गोन्जालो प्लाटाले गोल गर्दै भालाडोलिडलाई तीन-शून्यले अघि बढाउनुभयो । ८४औँ मिनेटमा लेवान्डोस्कीले फ्रान्की डि जोङको पासमा गोल गर्दै खेललाई तीन-एकको स्थितिमा टुंग्याउनुभयो । यस लगातार दोस्रो हारसँगै च्याम्पियन बनिसकेको बार्सिलोनाको ३६ खेलबाट पाँच अंक छ । बार्सिलोनालाई हराएको भालाडोलिड ३६ खेलबाट तीन अंक जोडेर १७औँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?