अभिनेता शरत बाबुको निधन

Read Time = 1 min

एजेन्सी । दक्षिण भारतीय अभिनेता शरत बाबुको ७१ वर्षको उमेरमा निधन भएको छ । उहाँलाई गत महिना हैदरावादको एक अस्पतालको भेन्टिलेटरमा भर्ना गरिएको थियो । उहाँले आफ्नो फिल्मी करियरमा २२० भन्दा बढी चलचित्रमा अभिनय गर्नुभएको छ । उहाँको जन्म ३१ जुलाई सन् १९५१ मा आन्द्र प्रदेशमा भएको थियो । उहाँको वास्तविक नाम सत्यम बाबु दीक्षित हो ।

शरतले सन् १९७३ मा तेलुगु फिल्म ‘राजा राजयम’ बाट डेब्यू गर्नुभएको थियो । उहाँले आफ्नो करियरमा तेलुगु, तमिल, मलयालम र कन्नड सबै चलचित्रहरूमा काम गरिसक्नु भएको छ । उहाँलाई प्रतिष्ठित ‘नन्दी अवार्ड’ पनि दिइएको थियो । उहाँ हालै पवन कल्याणको चलचित्र ‘वकील साब’ मा देखिनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?