लखनउलाई हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । लखनउ सुपर जायन्ट्सलाई हराउँदै मुम्बई ईन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ ।

बुधबार राति चेन्नईमा भएको ईलिमिनेटर खेलमा मुम्बई ८१ रनको फराकिलो अन्तरले विजयी भएको हो । मुम्बईले दिएको १८३ रनको लक्ष्य पछ्याएको लखनउ १६ ओभर ३ बलमा १०१ रनमा समेटियो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनाएको थियो ।

दोस्रो क्वालिफायरमा शुक्रबार मुम्बई र गुजरात टाइटन्सबीच फाइनल पुग्न खेल हुनेछ ।

गुजरात पहिलो क्वालिफायर खेलमा चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो ।

दोस्रो क्वालिफायरको विजेता फाइनलमा स्थान बनाउनेछ । पहिलो क्वालिफायरको विजेता चेन्नाईले फाइनलमा स्थान पक्का गरिसकेको छ ।

फाइनल खेल आइतबार हुनेछ । फाइनल खेल अहमदाबादमा आयोजना हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?