जनशक्ति योजनाको खाँचो

Read Time = 17 mins

हालको जनगणनामा बालबालिकाहरुको संख्या घटेको छ भने वृद्ध वृद्धाहरूको संख्या बढेको देखिन्छ । महँगीको अधिक वृद्धिले केटाकेटी हुर्काउन समस्या, अध्ययन अध्यापन ज्यादै खर्चिलो, तिनको लालन पालन, घर घडेरी, बासको प्रबन्धजस्ता अभिभावकका समस्याले प्रजनन् दरमै कमी देखापरेको छ, मुस्किलले एक आमाले दुई बा सकेसम्म एकैमात्र बच्चामा भर पर्नुपरेको अवस्था छ अहिले ।

विगतका दिनमा एक कित्ता जमिनको अभिलेख मात्रैको लागि १ कर तिरे पुग्थ्यो भने अहिले हजारौं रकम सरकारलाई बुझाउनुपर्ने, जग्गा खरिद बिक्रीमा सरकारी राजस्व धेरै, लाभ कर भन्दै छुट्टै रकमको असुली, कोठा हाल्दा, सामान्य घर बनाउने क्रममा पनि वर्गफिटको हिसाबले राजस्व बुझाउनुपर्ने बाध्यता, त्यसमा वर्षेनी अचाक्ली तिरो तिर्नुपर्ने, भाडा कर भन्दै अनावश्यक दबाब सहनुपर्ने, बच्चाको लालनपालनमा, शिक्षा स्वास्थ्यमा ठूलो लगानी गर्नुपर्ने, तर तिनलाई हुर्काएपछि स्वदेशमा सँगै बसेर रोजगारी दिन नसकिने त्यही घर खेत, बारी बेचेर विदेशमा भाँडा माझ्न पठाउनुपर्ने अनेकौं चुनौतीहरूका कारण आमाबाबु धेरै बच्चा जन्माउन चाहँदैनन, यो भविष्यमा देशको समग्र जनशक्ति योजनालाई नै ठूलो चुनौतीको विषय हो ।

पछिल्लो गणनाको तथ्यांकले आर्थिक रूपले सामान्य गुजारा गर्ने सक्रिय जनसंख्या ६५.५ प्रतिशत मात्रै भई ३४.३ प्रतिशत भनौँ झण्डै आधा जनसंख्या निष्क्रिय जीवन बिताइरहेको अवस्था देखाउँछ भने बेरोजगारी दर ६.९५ प्रतिशतको आँकडा देखाइएको छ । पछिल्ला विविध समस्याले अपांगताको संख्या बढ्दैछ अघिल्लो गणना तथ्यांकमा १.९४ प्रतिशत अपांगता भएकोमा हाल अपांगको अवस्था २.२ प्रतिशत छ भने त्यसमा पुरुषको तथ्याक ५४.२ र स्त्रीको संख्या ४५.८ प्रतिशत छ । १० वर्षअघिको साक्षरता दर ६५.९ प्रतिशत रहेकोमा हालको नतिजामा ७६.३ प्रतिशत देखाइएको छ ।

नेपालको संविधानले जनसंख्याको व्यवस्थापन कार्य संघ, प्रदेश र स्थानीय तह सबैको जिम्मेवारीको रूपमा राखेको छ । हरेक नेपाली नागरिकले गुणस्तरीय जीवन यापन गर्ने अवसर पाउने भनेको छ । यसका लगि जनसंख्यासम्बन्धी दीर्घकालीन योजना कार्यान्वनमा छ ।

आधुनिकतासँगै विद्युत् प्रयोग गर्ने संख्या अघिल्लो गणनामा ६७.३ प्रतिशत जनसंख्या रहेकोमा हाल ९२.२ प्रतिशत पुगेको छ तर कोठामा बत्ती बाल्दैमा विद्युतीकरण भन्न नसकिएला, पानीको स्रोत धेरै भएको हाम्रो देशमा विद्युत् महसुल महँगो छ । अघिल्ला गणनामा भान्सामा काठ दाउराको प्रयोग कर्ता ६४ प्रतिशत रहेकोमा अहिले पनि ५१ प्रतिशत नेपालीहरूको भान्साको इन्धन काठ दाउरा नै बनेको छ । ४४.३ प्रतिशतले आयातीत महँगो ग्यास सिलिन्डर प्रयोग गरिरहेका छन् भने बिजुलीले खाना पकाउने नेपालीमात्र ०.५ प्रतिशत भनिएको छ । त्यसैगरी गुइँठा, घरेलु इन्धन प्रयोगकर्ता २.९ प्रतिशत देखिएका छन् भने बायो ग्यास प्रयोगकर्ता १.२ प्रतिशत, आयातीत मटितेलको प्रयोगकर्ता ०.०५ प्रतिशत र अन्य इन्धन प्रयोगकर्ता ०.१ प्रतिशत छन् ।

घरहरूको संरचना हेर्दा ७५ लाख ५२ हजार ६६ परिवारको मात्र घर भएको त्यसमा ७१.७ प्रतिशत आबासका लागि प्रयोग भएको, गोठ, धन्सार, मटानका लागि १०.०१ प्रतिशत, खाली घर ६.३ प्रतिशत, भान्सा र अन्य प्रयोगमा आएका घर ५.९ प्रतिशत छन् । सरसर्ती हेर्दा आप्mनै स्वामित्वमा बस्नेहरूको संख्या ८६ प्रतिशत छ भने १२.८ प्रतिशत मानिसहरू भाडामा बसेका देखिन्छन् । प्रयोग भएको जनशक्तिको तथ्यांकमा व्यापारक्षेत्रमा ३.१ प्रतिशत, शैक्षिकक्षेत्रमा १.१ प्रतिशत, उद्योग, कलकारखानामा ०.४ प्रतिशत, होटल, लजमा ०.३ प्रतिशत र स्वास्थ्यक्षेत्रमा ०.२ प्रतिशत, बैंक एवं वित्तीय संस्थामा ०.१ प्रतिशत जनशक्ति प्रयोग भएको सरकारी आकडा छ ।

धारा, खानेपानीको स्तर हेर्दा ५७ प्रतिशतले पाइप प्रयोग गरेका, २९.८ प्रतिशतले ट्युवेल, हाते पम्प, १.५ प्रतिशतले इनार प्रयोग गरिरहेका र मूल धारा प्रयोग गर्ने करिब ७ प्रतिशत, जार बोतल प्रयोग गर्ने ४.६ प्रतिशत र सिधा नदी खोलाको पानी प्रयोग गर्ने २.१ प्रतिशतको तथ्यांक सार्वजनिक भएको छ । उमेरको हिसाब गर्दा अघिल्लो गणनामा कूल जनसंख्याको १५ देखि ५९ वर्ष समूहका ५६.९६ प्रतिशत भएकोमा हाल ६१.९६ प्रतिशत भनिएको छ भने १४ वर्ष र सोभन्दा कम उमेर समूह २७.८३ प्रतिशत मात्र छ र ६० वर्ष माथिका समूहमा १०.२१ प्रतिशत छ । अघिल्लो गणनामा ५४ लाख २७ हजार ३०२ परिबार रहेकोमा अहिले बढेर ६६ लाख ६६ हजार ९३७ भनौं २३ प्रतिशतको वृद्धि छ ।

हाल ९५.५ प्रतिशत नेपालीले कुनै न कुनै रूपमा शौचालयको प्रयोग गरेको भनिएको छ तर गाउँतिर जाँदा अधिकांश ठाउँमा शौचलयको व्यवस्था भएको पाइँदैन, हो स्मार्ट फोनको प्रयोग भने बढेको छ, ७३ प्रतिशत नेपालीका हातमा स्मार्ट फोन भएको तथ्यांक आएको छ जुन नितान्त आयतीत हो । विद्यार्थी अध्ययनक्षेत्रमा हेर्दा अधिकांशले व्यवस्थापन विषय रोजेका छन् जसको संख्या ३५.१ र दोस्रो शिक्षा विषय परेको छ जसमा २९.१ प्रतिशत र तेस्रोमा मानविकी परेको छ जसको संख्या ११.६ प्रतिशत छ । विज्ञान, स्वास्थ्य, चिकित्सा, इन्जिनियरिङ, कम्प्युटर सूचना प्रविधिमा अध्ययन गर्नेको संख्या ज्यादै न्यून छ, विज्ञानतर्फ ६.१ र अन्यक्षेत्रमा कतै ०.२ प्रतिशत मात्रै देखिन्छन् ।

नेपालको संविधानले जनसंख्याको व्यवस्थापन कार्य संघ, प्रदेश र स्थानीय तह सबैको जिम्मेवारीको रूपमा राखेको छ । हरेक नेपाली नागरिकले गुणस्तरीय जीवन यापन गर्ने अवसर पाउने भनेको छ । यसका लगि जनसंख्यासम्बन्धी दीर्घकालीन योजना २०६७-२०८७ कार्यान्वनमा छ । राष्ट्रिय जनसंख्या नीति २०७१ पनि लागू छ । व्यक्तिगत घटना दर्ता जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइँ सराइसम्बन्धी तथ्यांक व्यवस्थापन गर्ने चालु पन्ध्रौं योजनामा पनि साविक झैँ लक्ष्य छ । राष्ट्रिय जनगणना २०६८ अनुसार यहाँको जनसंख्या वृद्धिदर १.३५ प्रतिशत थियो । नेपाल जनसांख्यिक स्वास्थ्य सर्भेक्षण २०७३ ले प्रजनन् उमेरका महिलाको कुल प्रजनन् दर २.३ प्रतिमहिला रहेको बतायो ।

जनसांख्यिक लाभांशका रूपमा रहेको उत्पादनशील जनसंख्या ५७ प्रतिशत र विदेशमा रहेको उत्पादनशील जनशक्ति ७.३ प्रतिशत बताएको थियो । यहाँ तीव्र रूपमा बसाइँ सराइको समस्या छ जुन बहुसरोकारको विषय हो प्रजनन् दर घट्दै रहेको, औसत आयु बढ्दै रहेको अवस्थामा दैनिक आवश्यक पर्ने सामानको उत्पादन र वितरणमा नकारात्मक प्रभाव पर्न दिइनु हुँदैनथ्यो । राज्यले यो सोच्न सकेन र राज्यको काम सत्तास्वार्थ मात्रै देखिएको छ ।

हाम्रा छिमेकी मुलुक चीन र भारत जनसंख्याको हिसाबले अग्रस्थानमा छन् । चीनले साविक नीतिमा परिवर्तन गरी प्रजनन बढाउने नीति लिएको छ । जनसंख्याको हिसाबले अमेरिका तेस्रो स्थानमा छ । विश्वको जनसंख्या भने ८ अर्ब छ । अमेरिकामै ३३ करोड पुगिसकेको छ । भारतमा १ अर्ब ३९ करोड नाघेको छ । हाल कोभिडको महामारी फेरि बढ्ने तरखरमा छ । सन् १९१८ मा सुरु भएको इन्प्mलुन्जा भाइरसले त्यतिबेलाको एक तिहाइ जनसंख्या भनौँ पाँच करोडलाई निलेको थियो । अमेरिकामै ६ लाख ७५ हजारको ज्यान गएको थियो । अहिलेको कोभिड १९ ले विश्वमा लाखौंलाई निलेको छ, छिमेकी भारत र हामी नै पनि त्यसको बाछिटामा परेका हौँ ।

त्यसो त भूकम्पले पनि धेरैलाई निल्यो, प्राकृतिक र मानव निर्मित दुर्घटनाहरूबाट हजारौंको ज्यान जाने गरेको छ । बाँच्नेहरू हरतरहले सक्रिय रहन सके देश विकासमा टेवा पुग्ने हो तर देशमा श्रमयोग्य जनशक्ति वार्षिक ५ लाख हुन्छन् तिनलाई रोजगारी दिन राज्यले सकेको छैन, विदेश पठाएर विप्रेषणमा रमाउने हाम्रो बानी परेको छ । आएको रकम पनि उत्पादनशीलक्षेत्रमा लगानी हुन सकेन, व्यापारघाटा र विदेशी ऋणले देश किचिएको छ, महँगो राजनीतिक प्रणाली आमनागरिकका लागि सहज भइरहेको छैन, वाकस्वतन्त्रताले मात्रै पेट भरिँदैन, गरिबी पनि न्यूनीकरण हुँदैन ।

हामीकहाँ युवाशक्ति त छ तर ठूलाठूला ऐतिहासिक परिवर्तनका लागि मात्र प्रयोग भएका छन् ती, आर्थिक रूपान्तरणमा त्यो श्रमशक्तिको प्रयोग नै भएन । दक्ष र प्रविधियुक्त युवा जमातको कारण एसियाको सम्पन्न मुलुक थाइल्यान्डले प्रसस्त आर्थिक विकास गर्नसकेको छ । थाइल्यान्डको बैंकक सहरमा अधिकांश युवानेतृत्वको बाहुल्य छ र युवाजनशक्तिको इच्छा र आकांक्षालाई अन्य समूहले प्रसस्त सहयोग र समर्थन गरेका छन् ।

कृषि र ग्रामीणक्षेत्रमा रहेको अर्धबेरोजगारी र बेरोजगारी समस्या हाम्रो ठूलो चुनौती हो । प्रशासनयन्त्रमा दक्ष र भरपर्दो जनशक्ति परिचालन भएन भने मुलुकको स्तर माथि उठ्नै सक्तैन। समग्रमा जीवनशैलीमा परिवर्तन आ उन पनि सक्तैन ।

हामीकहाँ धेरै युवाशक्ति बेरोजगार छन्, कष्टकर जीवन बिताउँन बाध्य छन्, बाध्यताबस वैदेशिक रोजगारमा संलग्न छन् । शिक्षित र तालिम प्राप्त जनशक्तिको प्रतिभा पलायन भएको छ । विकासको मूलप्रवाहबाट बाहिर रहेका नयाँ पुस्ता एवं नयाँ जोस र जाँगर भएका यस्ता समूहलाई सामुदायिक कार्यमा सरिक गराउँन सके राष्ट्रनिर्माणको कार्य भरपर्दो हुन्छ, आज केवल टालटुले अवस्थामा छ देश । उत्पादनशील रोजगारीको अवसर सिर्जना गर्नु सरकारको काम हो ।

कृषि र ग्रामीणक्षेत्रमा रहेको अर्धबेरोजगारी र बेरोजगारी समस्या हाम्रो ठूलो चुनौती हो । प्रशासनयन्त्रमा दक्ष र भरपर्दो जनशक्ति परिचालन भएन भने मुलुकको स्तर माथि उठ्नै सत्तैmन । समग्रमा जीवनशैलीमा परिवर्तन आउन पनि सक्तैन । मानव शक्तिको सकारात्मक सोच, तिनको सदुपयोगकै कारण आजको विश्व समुन्नत हुनसकेको परिप्रेक्षमा मानव संशाधन विकासमा हामी धेरै पछाडि छौं । हामीकहाँ जनसंख्या व्यवस्थापनमा संलग्न संस्थाहरू भनौँ सरकारी, निजीक्षेत्र, गैसस, नागरिक समाजबीच समन्वय र आन्तरिकीकरणको अभाव छ । प्रतिनिधिमूलक अनुसन्धान कर्तालाई प्रभावकारी सञ्चालन गर्न सकिएन, भौगोलिक विकटता छ ।

यहाँको अशिक्षा, गरिबी, अव्यवस्थित बसाइँ सराइ, आप्रबासको समस्या, अव्यवस्थित सहरीकरण, सामाजिक कूरीति, विकास र जनसंख्याबीच तालमेल नहुनु, कमजोर संगठनात्मक संरचना, खण्डीकृत तथ्यांक, कृषि र गैरकृषि क्षेत्रमा उत्पादनशील जनशक्तिको कमी, असन्तुलित विकास, प्राकृतिक प्रकोप, जलवायु परिवर्तनलगायत धेरै समस्या छन् । उच्च दरमा ज्येष्ठ नागरिक जसबाट सामाजिक सुरक्षामा चुनौती, स्वास्थ्य, शिक्षा, रोजगारी, खानेपानी वितरण, आधारभूत अन्य सुविधामा कमी, किशोर, किशोरीको सुरक्षामा चुनौती, बाल विवाह, बलात्कार, हत्या, हिंसा, दाइजो प्रथा, बालश्रम शोषण धेरै समस्या छन् ।

कुल १५ देखि ५९ वर्षसम्मका उमेरका समूह उच्च रहेको तर तिनकै व्यवस्थापनमा अनेकौं समस्या छन् भने उर्वर जनसंख्या विदेशिएको छ र उनीहरूले पठाएको विप्रेषण रकमले देशको अर्थतन्त्र धान्नु परेको अवस्था छ । लैंगिक हिंसा र यसको असमानता, एकीकृत बस्ती विकासको समस्या, अपांग, लोपोन्मुख जनजातिप्रति पर्याप्त ध्यान दिन नसक्नु जस्ता धेरै समस्या छन्, जसले हाम्रो जनशक्ति योजना भरपर्दो बन्न सकेको छैन । यति हुँदाहुँदै पनि सरकारी हाल चालु पन्ध्रौँ योजनाले मानव विकास सूचकांक ०.५७९ बाट ०.६२४ मा उकास्ने नागरिक सन्तुष्टिको सूचकांक ४ बाट ५.१ माथि पुर्‍याउने, कूल प्रजनन् दर २.१ कायम राख्ने, पाँच वर्षमुनिका बाबालिकाको जन्मदर्ता ६३ बाट १०० मा पु¥याउने लक्ष्य छ तर व्यवहारमा त्यस्तो पाइएन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?