विश्वका औद्योगिक र आर्थिक रूपले सम्पन्न बीसवटा राष्ट्रहरूको आर्थिक तथा अन्य महत्वपूर्ण विषयमा छलफल गर्ने अन्र्तसरकारी फोरमका रूपमा अगाडि बढेको ग्रुप २० को सम्मेलन भारतको नयाँदिल्लीमा सेप्टेम्वर ९ र १० तारिख २०२३ मा हुन गइरहेको छ । रुस-युक्रेन युद्ध तथा जलवायु परिवर्तनलगायत मुद्दाहरूले साझा सहमतिमा असर पार्ने त होइन ? भनेर चिन्ताको पनि विषय बनेको छ । भारतीय नेतृत्व क्षमता र भावी कार्यदिशा पनि नेपालजस्ता साना छिमेकी देशका लागि अध्यनको विषय बन्नु स्वभाविकै हो । रुस, युक्रेन युद्धसँगै बहुध्रुवीय विश्व दुई ध्रुवीय बन्ने खतराले सबै शान्ति प्रेमीहरूलाई चिन्तित तुल्याइरहेको अवस्थामा भारतको भूमिका र अवस्था पनि महत्वपूर्ण विषय बनेको छ ।
सन् २०१४ मा इस्टिच्युट फर डिफेन्स एण्ड सेक्युरिटी एनालाइसिस नयाँदिल्लीमा आयोजना गरिएको ‘इमर्जिङ चाइनाज ट्रेन्ड एण्ड इण्डियाज रेस्पोन्स’ विषय एशियाली सम्मेलनमा अहिलेको विश्व चीन र अमेरिकी दुई धु्रवमा रहेको बताएका चिनियाँ प्रतिनिधिको लिखित र मौखिक भनाइ भारतले स्वीकारेको झैँ अनुभूति भएको थियो । सम्मेलनमा सहभागीका हैसियतले बहुध्रुवीय विश्वको अवधारणका रूपमा यस लेखकले ‘आयार्वत’को अवधारणालाई प्रस्तुत गर्दै इन्डोपेसिक र आर्यावर्तका रणनीतिक क्षेत्रहरू लेख प्रकाशित गरेको थिए ।
भारत सरकारको भन्दा नेपाली बुद्धिजीवीका रूपमा नयाँ अवधारणा प्रस्तुत गर्दै बहुध्रुवीय विश्वको आधार प्रस्तुत गर्दा चिनियाँ वेल्ट एण्ड रोड इनिसियटिभ तथा अमेरिकी मिलिनियम च्यालेन्ज कपेरिसनका बीच समन्यवय गर्न सक्ने मौलिक नेपाली रणनीतिक अवधारणा बन्न पुगेको छ । संयुक्त राष्ट्रसंघमा युक्रेनमाथि रुसी आक्रमणका विषयमा छलफल तथा मतदानमा तटस्थ बस्दै आएको भारत-चीनको सहभागिताका कारण जी-२० को मन्त्रीस्तरिय निर्णयमा रुसी आक्रमण बारे साझा प्रस्ताव पारित हुन सकेन । चीन-भारतका बीच राजनीतिक र सीमा विवादले युद्धसमेत भइसकेको र वर्तमानमा झडप पनि भइरहेको परिप्रेक्षमा भारतीय नेतृत्व क्षमताले क्षेत्रीय सुरक्षा र समृद्धिको मुद्दामा कस्तो निर्णय गर्ने हो ? प्रतीक्षाको विषय छ ।
औद्योगिक र आर्थिक स्थितिमा रुस युक्रेन युद्धले ठूलो प्रभाव पार्नुका साथै नयाँ विश्व व्यवस्थालाई समेत प्रभाव पारेको अवस्थामा सबैको ध्यान चीनतर्फ नै जाने हुँदा भारतीय नेतृत्वले सहकार्य गर्ला कि नयाँ विकल्प देला ? सबैको चासोको विषय बनेको छ ।
दक्षिण एशियाली सहयोग संगठनको भारत र पाकिस्तानबीच विवादका कारण सम्मेलन हुन नसकिरहेको अवस्थामा जी-२० सम्मेलनमा चीनको सक्रियताले भारतीय नेतृत्व छायांमा त पर्ने होइन ? भनेर विश्लेषण गर्ने ठाउँ पनि छ । रुस-युक्रेन युद्धलाई शान्ति वार्तामा ल्याउन चीनले गरेको १२ बुदेँ प्रस्ताव र बेलारूसले प्रस्तावलाई समर्थन गरेपश्चात् चीनको चर्चा र प्रभाव सम्मेलनमा पर्ने देखिन्छ । औद्योगिक र आर्थिक स्थितिमा रुस-युक्रेन युद्धले ठूलो प्रभाव पार्नुका साथै नयाँ विश्व व्यवस्थालाई समेत प्रभाव पारेको अवस्थामा सबैको ध्यान चीनतर्फ नै जाने हुँदा भारतीय नेतृत्वले सहकार्य गर्ला कि नयाँ विकल्प देला ? सबैको चासोको विषय बनेको छ ।
‘एक विश्व, एक परिवार र एक भविष्य नारा रहेको सम्मेलनले प्राचीन वैदिक दर्शन ‘बसुधैव कुटुम्वक’ लाई आत्मसात् गरेको छ । जी २० अन्तर्राष्ट्रिय सम्मेलन भारतका छिमेकी राष्ट्रहरूका लागि भूगोल, भावना र व्यवहारको दृष्टिले महत्व राख्ने भएकाले ‘पहिले छिमेक’ नारा दिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकीहरूलाई कसरी स्वागत गर्लान ? भनी परराष्ट्रका विज्ञहरूको पनि चासो रहेको पाइन्छ । नेपालमा सार्क सम्मेलन पनि हुन नसकिरहेका बेला एउटा गैरसरकारी संस्थाले सन् २०१८ मा एशिया प्यासिफिक समिट आयोजना गरी धेरै देशका राष्ट्रप्रमुख, सरकार प्रमुख, सभामुखहरू पूर्वराष्ट्रप्रमुख तथा पूर्वसरकार प्रमुखहरूको उपस्थिति गराएको थियो ।
यस्ता विषयमा राष्ट्रप्रमुख र सरकार प्रमुखहरूको मन्तव्यले अन्तर्राष्ट्रियस्तरलाई समाउन सकेको थियो । सामरिक, राजनीतिक कारणले विश्वलाई बिनाशतर्फ लगिरहेको छ भन्ने सोचाइलाई कोभिड १९ को संक्रमणको रोगले पनि थप सोच्न बाध्य पारेपश्चात बौद्धिक हिसाबले नयाँ विश्व व्यावस्थाको अवधारणा लेखकले प्रस्तुत गरेको थियो । शीतयुद्ध समाप्तिका लागि अन्तर्राष्ट्रिय शान्ति वर्ष सन् १९८६ मा विश्व शान्ति महायज्ञ आयोजना गरी अन्ततः शीतयुद्ध्र समाप्त पार्न सकेको घटनाको एक साक्षी भएकाले नयाँ विश्व व्यावस्थाबारे सोच्न सकिएको हो ।
असफल पुँजीवाद र कम्युनिनमको विकल्प खोज्ने क्रममा शान्ति र सहिणुताको विश्व वनाउन सक्ने मौलिक दर्शन र अभ्यासलाई लेखाइ र साधनाद्वारा पुष्टि गर्ने क्रममा अनुसन्धानदेखि विश्व शान्ति महायज्ञसमेत आयोजना गरी सफलता पनि प्राप्त गरेको स्थिति छ । विश्व शक्ति, राष्ट्रहरूको आर्थिक र सामरिक होडबाजीबाट उत्पन्न हुने त्रास र विध्वंसबाट पृथ्वी र मानवजातिलाई बचाउन अन्तर्राष्ट्रिय गतिविधिसँग जानकार हुँदै चुनौती दिन सकेका छौं । भूराजनीतिक महत्व रहेको नेपालको नागरिकका हैसियतले दैवीशक्ति र बौद्धिक शक्तिलाई साधना र लेखनमार्फत अगाडि बढाउँदै छिमेकी भारत, चीन तथा टाढाका पश्चिमी शक्तिको होडबाजीबाट मुलुक र जनतालाई जोगाउँदै समृद्धिमा पुर्याउने उपाय अपनाउँदै आएका छौं ।
सदा स्वतन्त्र रहेको मुलुकका नाताले सम्मेलनको सफलताका लागि प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउनुपर्दछ । भगवान पशुपतिनाथ, भगवान गौतम बुद्ध, माता जानकी, मुक्तिनाथ भगवान तथा सर्वोच्च शिखर सगरमाथाको देशको उपस्थिति हुन सक्दा सफलता सहज बन्ने कुरा भारत सरकारलाई विश्वास दिलाउन सक्नुपर्दछ ।
यसै पृष्ठभूमिबाट भारतमा सम्पन्न हुन गइरहेको जी-२० समिटबाट दक्षिण एशियामा समेत राहतको अनुभूति हुन सकोस् भन्दै आफ्ना विचाहरू सम्प्रेषण गरिरहेका छौं । नेपालका दुवै ठूला छिमेकी चीन र भारत जी-२० समिटमार्फत आफ्नो समृद्धि र सुरक्षा खोजिरहँदा सानो छिमेकी नेपालको सुरक्षा र समृद्धिका बारे सोच्नुपर्छ कि पर्दैन ? हामी नेपालीद्वारा गरिने प्रश्न हुन् । जलवायु परिवर्तनको कुरा गर्दा हाम्रा पग्लिँदै गरेका हिमनदीहरूको संरक्षणका लागि कार्यक्रम बन्छ कि बन्दैन ? प्रतीक्षाको विषय हो । जनचासो बढिरहेको अवस्थामा राजनीतिक अस्थिरताका कारण नेपाल सरकारले आवश्यक कुरा राख्न सक्ने हो कि होइन ? महत्वपूर्ण कुरा हो ।
सदा स्वतन्त्र रहेको मुलुकका नाताले सम्मेलनको सफलताका लागि प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउनुपर्दछ । भगवान पशुपतिनाथ, भगवान गौतम बुद्ध, माता जानकी, मुक्तिनाथ भगवान तथा सर्वोच्च शिखर सगरमाथाको देशको उपस्थिति हुन सक्दा सफलता सहज बन्ने कुरा भारत सरकारलाई विश्वास दिलाउन सक्नुपर्दछ । धार्मिक क्षेत्रले निर्णायक भूमिका निभाउन सक्ने यस क्षेत्रमा धार्मिक कूटनीतिको उपयोग नेपाल सरकारले गर्न सक्दा शान्ति र समृद्धिमा योगदान पुग्नेछ । पशुपतिनाथ र विश्व व्यावस्थाको अवधारणाले भारत सरकार नेपालको सद्भाव प्राप्त गर्न सकारात्मक बन्नेछ । आर्यावर्त : पुण्य भूर्मीमध्यं विध्यहिमालयो आर्यावर्तको भावनाले नेपाललाई सँगै राख्न भारत हिचकिचाउने छैन ।
भगवान बुद्धको सन्देशलाई उपस्थित सबै देशका प्रतिनिधिमा पुर्याउँदै साझा गन्तव्यमा पुग्न नेपालको उपस्थिति लाभकारी हुनेछ । भारत र पाकिस्तानबीचको मनमुटाव र टकारनवका कारण सार्क संगठन असफल भए झैँ चीन-भारतको कारण यो सम्मेलन असफल नहोवस् भन्नाका लागि नेपालले भूमिका खेल्न सक्छ । ट्रयाक टू कूटनीति र धार्मिक, सांस्कृतिक सफ्ट पावरका कारण नेपाल-भारत सम्बन्धमा सकारात्मक प्रभाव पर्नुका साथै नयाँ विश्व व्यावस्थाका लागि नेपाली नेतृत्व स्वीकार्य बन्न सक्छ । नेपाली राजनीतिक क्षेत्र र भारतीय प्रशासनीक तथा बौद्धिक क्षेत्र धर्म संस्कृतिप्रति उदासीन झैँ देखिनाले धार्मिक सांस्कृतिक क्षेत्रको योगदान सदुपयोग हुन सकिरहेको छैन
नेपाली धार्मिक क्षेत्रले गरेका अनुसन्धान तथा सञ्जालका कारण नेपालले उपयोग गर्दै अगुवा बन्न सक्नेछ । द्वन्द्व रूपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेत्रको भूमिका अनुसन्धान, स्वराज्य र मेलमिलाप भावी विश्वको आधार पुस्तक तथा ‘पशुपतिनाथ र विश्व व्यावस्था लेखका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्याबाट निकासका लागि योगदान पुर्याउन सकिरहेका छौं । अन्तर्राष्ट्रियसभा सम्मेलन, अन्तर्राष्ट्रिय विश्व विद्यालय र थिंकट्यांक संस्थासँगको छलफल र अनुसन्धानमा संलग्नताका कारण जी २० जस्ता समिटमा सहयोग पु¥याउन सक्नेछौं । जी-२० समिटमा नेपालको सरकारी तथा गैरसरकारी क्षेत्रको चासोले भारतीय नेतृत्वलाई सहयोग नै पुग्नेछ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका