सिनेमाघरमा ‘हुक्का’ र ‘टुल्की’

Read Time = 5 mins

काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा चलचित्र ‘हुक्का’ र ‘टुल्की’ प्रदर्शनमा आएका हुन् । देवजंग थापाले निर्देशन गरेको ‘टुल्की’ बहुपति प्रथामा आधारित चलचित्र रहेको छ । यस्तै, शम्भु थापाको निर्देशन रहेको ‘हुक्का’ अग्रजले प्रयोग गर्ने हुक्कासँग जोडिएको मनोविज्ञानमा आधारित बताइएको छ ।

स्पाइनी बाबलर क्रिएसनले हृयासट्याग नेपालसँग सहकार्यमा निर्माण भएको हुक्कामा प्रमिला खनाल, प्रकाश घिमिरे र तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिसा विक र सन्तोषकुमार आत्रेयको अभिनय छ ।

प्रयत्न श्रेष्ठको शब्द तथा संगीत, युजिन राई र संगीतकार श्रेष्ठको स्वर, सन्तोषकुमार आत्रेयको कथा, लेखक आत्रेय र भगवान पौडेलको पटकथा तथा संवाद, विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्णबहादुर थापाको छायांंकन छ ।

आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा चलचित्र ‘हुक्का’ र ‘टुल्की’ प्रदर्शनमा आएका हुन् । देवजंग थापाले निर्देशन गरेको ‘टुल्की’ बहुपति प्रथामा आधारित चलचित्र रहेको छ भने शम्भु थापाको निर्देशन रहेको ‘हुक्का’ अग्रजले प्रयोग गर्ने हुक्कासँग जोडिएको मनोविज्ञानमा आधारित बताइएको छ ।

यो चलचित्रमा श्याम लामाको शृंगार, भीम श्रेष्ठको भेषभूषा, शेरमान जिसीको निर्माण नियन्त्रण, गोरे याङ्देनको सहायक छायांकन, भुपेन्द्र ढकालको कला, भुपेन्द्र ढकाल, सागर गोदार क्षेत्री र सुयोग आत्रेयको सहायक निर्देशन, भगवान पौडेल (मीठो कम्पन)को मुख्य सहायक निर्देशन, सञ्जीव शाहको पाश्र्व ध्वनि, उत्तम न्यौपाने क्यासको ध्वनी मिश्रण छ । यस्तै, चलचित्र ‘टुल्की’ द पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण गरिएको हो । यो चलचित्रलाई हिमाली जिल्ला डोल्पामा खिचिएको हो ।

चलचित्रको छायाकन सुसिल अधिकारी र नमराज घिमिरेले गर्नुभएको छ । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्मातामा हुनुहुन्छ । यो चलचित्रको कथा लक्ष्मण सुनारले लेख्नुभएको हो भने स्क्रिन प्ले शेखर लामाको छ । चलचित्रमा सम्पादन तारा थापा किम्भेको, पाश्र्व संगीत संजिव सुब्बाको, कोरियोग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीको छ ।

चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय छ । चलचित्र ‘टुल्की’ले नेपाल ग्रामिण चलचित्र महोत्सव २०७९ मा उत्कृष्ट फिचर फिल्म तथा ‘स्क्रिन प्ले’ अवार्ड जित्न सफल बनेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?