इपानद्वारा लिखु २ अवरोधको निन्दा

Read Time = 2 mins

काठमाडौं । ग्लोबल हाइड्रोपावर एसोसियटद्वारा रामेछापको उमाकुण्ड गाउँपालिका १ मा निर्माण गरिएको लिखु २ जलविद्युत् (५५ मेगावाट) को साइट अफिसमा केही स्थानीय व्यक्तिले आयोजनाको विद्युत्गृह क्षेत्रमा हुलहुज्जत गर्ने, तालाबन्दी गर्ने र आयोजनाका कर्मचारी तर्साउनेलगायतका कार्य गरी आयोजनाको काममा गम्भीर असर पुर्‍याएको घटनाप्रति स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले निन्दा र भत्र्सना गरेको छ ।

साथै आयोजना र सरोकारवाला पक्षबीचको कुनै पनि असमझदारी भएमा आपसी संवाद र छलफलबाटै समाधान गर्न सकिनेतर्फ पनि इपानले जोड दिएको छ । विगत केही समयदेखि विभिन्न जलविद्युत् आयोजनामा आफ्ना माग पूरा गराउन आयोजनालाई गम्भीर क्षति पु¥याउने तथा प्रवद्र्धक एवं कर्मचारीलाई मानसिक र भौतिकरूपमा डर, त्रास पैदा गराउने नियोजित उद्देश्यले उच्छृंखल, अराजक र उद्दण्ड गतिविधि हुने गरेको इपानद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उल्लेखित गतिविधिले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको ऊर्जा क्षेत्रमा नकारात्मक सन्देश प्रवाह भई ऊर्जा क्षेत्र निरुत्साहित हुने कुरातर्फ पनि इपानले सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आयोजना कार्यस्थलमा हुने गरेका यस्ता घटनालाई निरुत्साहित गर्न तत्काल छुट्टै सुरक्षा संयन्त्र निर्माण गर्नुपर्ने, राष्ट्रिय प्राथमिकताप्राप्त जलविद्युत् आयोजनामा सुरक्षाको प्रत्याभूतिका साथै घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारबाही गर्नुपर्ने इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले माग गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?