हिटाकर्मी घिमिरेलाई मातृशोक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । हिमालय टाइम्स काठमाडौं सम्वाददाता पुरुषोत्तम घिमिरेलाई मातृशोक परेको छ । घिमिरेकी ७१ वर्षीय आमा अम्विका घिमिरेको यही जेठ सात गते निधन भएको हो । पुरुषोत्तमका अतिरिक्त स्वर्गीय घिमिरेका जेठा छोरा जयराम हुनुहुन्छ ।

गोकर्णेश्वर नगरपालिकामा वस्दै आएनुभएकी अम्विका स्थानीय तहमा समाजसेवीका रुपमा परिचत हुनुहुन्थ्यो । समाजसेवी घिमिरेको निधनमा विभिन्न राजनीतिक दल र सो क्षेत्रका सामाजिक संघ संस्थाहरूले शोक प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

हिमालय टाइम्स राष्ट्रिय दैनिक, हिटा अनलाइन तथा इम्प्रेसन प्रालि दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछ र परिवार अभिभावक गुमाउनु परेकोमा सहकर्मी पुरुषोत्तम घिमिरेसहित शोकविह्वल परिवारमा समवेदना प्रकट गर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?