पुस्तक : सिन्का पाउँरू

हिमालय टाइम्स
Read Time = 16 mins

✍️ डी.आर.राई

घर बलियो जगले, रुख हरियो जराले । रुखको उचाइ र फैलावटमा हाँगाको जति भूमिका हुन्छ उति नै जराको सम्बन्ध माटोसँग हुन्छ । त्यस्तै एउटा परिवार सबल र समृद्घ हुन सामाजिक परिवेशको जति भूमिका हुन्छ उति नै त्यो समुदायको संस्कार र संस्कृतिको हुन्छ । मानव जीवन र सारा प्रकृति अनित्य हुन् । यी सारा चिजहरू नास हुँदै गए तापनि पुस्तान्तर हुने संस्कार र संस्कृति कहिल्यै नाश हुँदैन । नेपालमा त्यस्ता सांस्कारिक विरासत बनाएका अनेक जातजातिमध्ये गुरुङ जातिको आफ्नै पहिचान छ ।

सधैँ हरियो भएर बाँच्दाबाँच्दै पनि समय परिस्थितिले जीर्ण बनाए जस्तै गाउँका मुखिया जस्ता सामाजिक हैसियत बनाएकालाई पनि कहिलेकाहीँ समयले बाटो मोड्न बाध्य बनाउँछ । त्यस्ता बाटा र मोडहरूमा आइपर्ने अवरोधलाई हटाउँदै किस्ताबन्दीको जीवनबाट मुक्त गराएर स्वातन्त्र बाँच्न सिकाउने एउटै सूत्र हो ‘सिन्का पाउँरू ।’

मिलन विछोडको जीवन । कहिले टुट्छ कहिले जोडिन्छ भने कहिले धुजाधुजा भएर पनि फेरि नयाँ संसारको निर्माण हुने गर्छ । त्यस्तै एउटा गाउँ र अर्को गाउँको पारिवारिक सम्बन्धको विनिमयले समाज रूपान्तरणमात्र होइन सिङ्गो देशलाई समृद्घितिर डोर्‍याउने गर्छ । जुन दुर्गम बार्पाक र लाप्राक गाउँमा कहलिएका मुखियाका छोराछोरीको वैवाहिक जीवनले एक प्रकारको तरङ्गमात्र ल्याएको छैन । त्यहाँँको रहनसहन, घर व्यवहार र बसाइँ सराइको मार्मिक कथाव्याथाले खदिँलो बनाएको छ उपन्यासलाई ।

समाज, जन्म, विवाह, मृत्यु, चार्डपर्वलगायत विभिन्न क्रियाकलापको विस्तृतीकरणले गुरुङ समुदायको मौलिक परम्परालाई साह्रै मजाले छर्लङ्ग पारेको छ । यस्ता विषयको गहिराइमा पुगेर लेखिएको उपन्यास वास्तवमा देशको गहना बन्न सक्छ । त्यसैले पनि ‘सिन्का पाउँरु’ सङ्ग्रहनीय छ ।

दूरदराजको त्यो गाउँबस्तीलाई जुरुक्क बोकेर हिँड्न सक्नु नै लेखनकलाको जरा पक्ष दरिलो हुनु हो । जराको रहस्य कोट्याउँदै जाँदा गइराईभित्र डुबिसकेको आफूलाई पत्तै हुँदैन । सन्तान बढेपछि अभिभावकको आफ्नो कर्तव्यदेखि छोरी माग्न जाँदा पुर्‍याउनुपर्ने रीतिविधि पद्घतिबारे मिहिन ढङ्गले उल्लेख गरिएको छ । जसले एकपछि अर्को जिज्ञासा जगाउँछ र पाठकलाई तानिरहन्छ । बार्पाकको धनजित मुखियाको छोरा बद्घिबहादुर र लाप्राकको मानसिंह मुखियाको छोरी धनकौरीसँगको मागि विवाहले गुरुङ समुदायको रीतिरिवाज, संस्कार, भाषा, संस्कृतिलाई साहित्यमार्फत उजागर गरिएको छ ।

छोराले बुहारी ल्याइसकेपछि आमाले सोची-अब छोराबाट पाउने मायामा भाग लाग्ने होला, हेला पो गर्ने हो कि भन्ने मनोदशाले निक्कै ठूलो अर्थ बोकेको छ । ज्वाइँलाई ससुरालीमा बोलाएर कामको परीक्षा लिइन्छ तर बुद्घिबहादुरले सबै काम उत्कृष्ट गरेर सबैको मन जितेको कथानक प्रस्तुति एकदमै रोचक छ ।

छोराको बिहे लगत्तै धनजितको परिवार विभिन्न कारणले बसाइँ सर्नुपर्‍यो । धनकौरीले पनि चलनचल्ती अनुसार माइतमा धेरै बस्न पाईन । गाउँमा मुखियाजस्ता गरिमा बनाएकाले अर्को गाउँ सर्दाको प्रसङ्गले अरू हुटहुटी जगाउँछ । बुद्घिबहादुर लाहुरे भएर विदेशतिर लागेपछि यता धनकौरीले छोरा पाई र नाम राखियो देवेन्द्र । तीन वर्षपछि लाहुरे बुद्घिबहादुर गाउँ आउँदा तामझामका साथ खुसियाली छायो । छोरा देवेन्द्रलाई मामा खलकबाट काँचो धागोमा बेसार दलेर लगाइदिने चलन, मान्यजनले दिएको आर्शिवचन अनि पाहुनाहरूलाई गरेको स्वागत, सम्मान, बिदाइमा पाहुनाले फेटा र क्रमु ओढाएर हार्दिकता पोखिएको यथार्थपरक लाग्ने लेखनशिल्पी गज्जबले माझिएको पाइन्छ ।

समाज, जन्म, विवाह, मृत्यु, चार्र्डपर्वलगायत विभिन्न क्रियाकलापको विस्तृतीकरणले गुरुङ समुदायको मौलिक परम्परालाई साह्रै मजाले छर्लङ्ग पारेको छ । यस्ता विषयको गहिराइमा पुगेर लेखिएको उपन्यास वास्तवमा देशको गहना बन्न सक्छ । त्यसैले पनि ‘सिन्का पाउँरु’ सङ्ग्रहनीय छ ।

पढ्दै जाँदा कथाका पात्रहरूको खुब ख्याल गर्नुपर्ने हुन्छ । जहाँ धनजित र उसको श्रीमती पहिरोमा परेर मृत्यु भएपछि अब के हुन्छ ? कौतुहलता जगाउँछ । उता बुद्घिबहादुर पल्टन जाने आउने क्रममा पछिल्लो समय गाउँ त के, नेपालै फर्किएन । लडाइँमा वीरगति प्राप्त गरेको कुरा छोरा देवेन्द्रले कनीकनी पढेर सुनाए आमालाई । र, फेरि सोधे, ‘वीरगति भनेको के हो आमै ?’ छुट्टीमा मात्र भेट हुने लाहुरेको आस र भरोसामा बाँचेकी धनकौरीको जीवन र जवानी उजाड हुँदै जाँदा श्रीमानको अभावमा केही वर्षहरू कटाई ।

पल्लो गाउँको लाहुरे हर्क छुट्टीमा आउँदा धनकौरीसँग अचानक सम्बन्ध रहन पुग्यो र गर्भवती भई । त्यसपछि जीवनकै सबैभन्दा ठूलो आपत आईलाग्यो धनकौरीलाई । पेट बढ्दै गएपछि अनेक उपाय लगाई । सुन्दै आएको कर्कलो र कुभिन्डो पनि खाई र पनि गर्भ झरेन । भगवान्सँग पुकारा गर्दै भनी, ‘लाहुरेले रोपेको बिउ असिना झैँ पग्लेर जाओस् ।’ तर पग्लेन । बरु धनकौरीको हरियो हाँगामा लागेको कोपिला फक्रिँदै गए र फूलमायाको जन्म भयो । जरा भएर भित्रमित्रै फैलिएको धनकौरीको कथा रूखका हाँगाहरूमा फैलिँदै गए र अर्कै मोड लियो ।

हाँगाको फैलावटले शितलता प्रदान गर्छ भने फल लागेपछि नुहिनु, उस्तै हो जीवन । धनकौरीकी छोरी फूलमाया मौसमी भएर मनसरा र महेन्द्रको साथ लागेर नेपालगञ्ज पुगी । भारत भएर जाँदा मौसमीले पहिलोपल्ट देखेकी समोसा, बयलगाडा, च्याग्रम, टाँगा, सिक्सा, रेल, मुख छोपेर आची गरेको अदि इत्यादि । अनि नेपालगञ्जको वातावरण, रुपडियातिरको बोलिचाली र त्यहाँको क्रियाकलापबाट बालमस्तिष्कमा उपन्न हुने जिज्ञासालाई समेट्ने प्रयास गरिएको देखिन्छ भने त्यसको प्रभाव र नवीन अनुभवबाट मौसमी पात्रलाई परिपक्व बनाउँदै लगेको छ । पहाडी गाउँकोे पात्रलाई नयाँ ठाउँमा घुलमिल गराउँदै नेपालगञ्ज पुर्‍याए पनि जन्म स्थानले झक्झकाइरहन्छ । त्यहाँको पाङ्गडेमा हुने घाँटु नाच ।

नाच्दानाच्दै सती र कुसुन्डा युग पु¥याएपछि फेरि मन्त्रबाट फर्किने उत्सव आँखाभरि आउँदा घाँटुनाचकी मुख्य गुरुआमा आफ्नै आमालाई बेस्सरी सम्झी मौसमीले । फुपू र पुसाईंले रुपडिया लगेर घुमाए पनि बाल्यावस्थाको गाउँले तानिरहन्थ्यो उनलाई । मौसमी स्कुल पढ्दापढ्दै १६ वर्षकी भई । शरीरमा आएको परिवर्तनसँगै मन मिल्ने दौतरीहरूसँग घुम्न निस्के र कताकता पुगे । एउटी महिलाले सतर्क गराउँदै भनी ‘त्यतातिर नजाऊ । त्यो एरिया त मान्छेले मान्छे बेचेको पत्तै पाउँदैन । फेरि कोठीतिर पुगेर मुजरा बस्नु पर्ला ।’ यस्ता कुरालाई ति केटीहरूको मैमत्त उमेरले उल्टै होच्याएर गलल हाँसिदिए ।

चिरपरिचित दीपकले मेलामा भेटेर मौसमीलाई सारा घुमायो, सबथोक किनिदियो । मक्ख पार्दै आखिरमा दिपकले आफ्नो घर पु¥यायो । दश पढ्दापढ्दै दीपकसँग बिहे गरेर रूपाकी सौता बन्न पुगी मौसमी । पछिबाट पसल खोलेपछि दीपक र मौसमी अन्तै कोठामा बस्न थाले । पसल राम्ररी चल्दै गएपछि परिवारको सबैजना खुसी भए, तर रूपाको मन खासै खुलेको थिएन । मौसमीले दीपकलाई भनी, ‘पैसा दिएर मात्र हुँदैन, दिदी रूपासँग कुनै रात सुत्ने गर्नुहोस् । धर्मै हुन्छ ।’ यस्ता भनाइले जिन्दगीलाई अनेक कोणबाट सन्तुलन राख्न सिकाउँछ । बिम्ब प्रतिकहरूको प्रयोगले कथानक प्रस्तुतिलाई निक्कै कलात्मक बनाएको छ ।

समग्रहमा लेखनशैली सरल र सलल बगेको छ भने ठाउँठाउँमा प्रयोग गरिएका गुरुङ लवज र ती समुदायको परम्परागत मौलिक भाष्यचेतले आख्यानलाई शक्तिशाली बनाएको छ । गाउँले परिवेशमा हुर्केको लाहुरे जीवन, यौनहिंसा, पारिवारिक जिम्मेवारीलगायतका कथा संरचनालाई नभत्काई होसियारीका साथ बुनिएको छ ।

पछिबाट काम गर्ने वसन्तीसँग दीपकको सहवास हुनु त्यसपछि फेरि पसलमा बस्ने जुलीसँगको सम्बन्धले पुरुष पात्रलाई यौनकर्ममा अलिबढी हाबी गराएको महसुस हुन्छ । अनुभवहरू आ-आफ्नै भए तापनि नारीपात्र मार्फत यस्ता प्रसङ्गले किशोर किशोरीलाई सजक र सतर्क रहन सन्देश दिएको छ । कस्ताको सङ्गत गर्ने, कोसँग कति खुलेर बोल्ने, किन सामान किनिदिएर फकाउँदैछ भन्ने कुरालाई ध्यानमा राखि त्यो उमेर समूहलाई बडो राम्रो शिक्षा दिएको छ । दीपकले जुलीसँग सबथोक गर्ने र उसैको मात्र कुरा सुन्न थालेपछि स्त्रीलम्पट श्रीमान्लाई छोडेर मौसमी काठमाडौं दाइभाउजूकोमा पुग्छिन्, छोरी गरिमासँग ।

पछि फेरि छोरा गौरवलाई लिन जाँदा सँगै गएकी छोरी पनि फर्किनन् । रित्तो हात फर्किनु पर्‍यो । काठमाडौंमा बस्दारहँदा नेपालगञ्जको पसलमा आएर महफिलमा रमाउने कुबेरसँगको भेट र उसको सहयोगले रेडियो नेपालबाट स्वर परीक्षा पास गरी मौसमीले । निरन्तरको प्रयासले उनी राष्ट्रियास्तरको गायक बन्न सकी । मौसमीको एकपछि अर्को प्रगति हुँदै गएपछि दीपकले घर जान धेरै आग्रह गरे तर मानिनन् ।

समग्रहमा लेखनशैली सरल र सलल बगेको छ भने ठाउँठाउँमा प्रयोग गरिएका गुरुङ लवज र ती समुदायको परम्परागत मौलिक भाष्यचेतले आख्यानलाई शक्तिशाली बनाएको छ । गाउँले परिवेशमा हुर्केको लाहुरे जीवन, यौनहिंसा, पारिवारिक जिम्मेवारीलगायतका कथा संरचनालाई नभत्काई होसियारीका साथ बुनिएको छ । उपन्यासको आदिखण्डमा व्यावहारिक र रमाइला प्रसङ्ग छन् भने मध्यखण्डबाट नारी पात्रलाई अलि कमजोर बनाएजस्तो आभास हुन्छ । धनकौरीले हर्कलाई खोजीनन् भने उता मौसमीले बिहेपछि न त प्रतिकार गर्न सकी न त कानुनको सहायता लिई न त रूपाले बहुविवाहमा उजुरी हाली न त विसङ्गतिको आवाज नै उठाउन सकी ।

दुईवटा नागरिकता बनाउनु गलत भएपछि पुरानो च्यात्न लाग्दा छोराले आफ्नो अधिकार फूलमायामा नभएर मूलपात्र मौसमीमा पाए । कथाशृङ्खलाको अन्त्यतिर श्रीमान् दीपक भएको ठाउँमा मौसमी पुगेर अचानक सिन्का पाउँरूको कुरा उठाएपछि गाउँका मान्यगण्यहरू भेला भए । मुखियाले सिन्का भाँचे र पाउँरूलाई फुटाए अनि बाटोमाथि र मुनि फालेर सिन्का पाउँरू (सम्बन्ध बिच्छेद) गराए । उपन्यासकार शीतल कादम्बिनीले एउटी नारीलाई न्याय दिलाएर स्वतन्त्र जीवन दिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?