आइपिएल : फाइनल प्रवेशका लागि मुम्बई र गुजरात भिड्दै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो क्वालिफायरमा आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच भिडन्त हुँदैछ । यो खेल अहमदाबादमा नरेन्द्र मोदी रंगशालामा नेपाली समय अनुसार साँझ पौने ८ बजेदेखि शुरु हुँदैछ ।

यो खेलको विजेता टोली फाइनलमा पुग्ने छ भने पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ । यो गुजरात टाइटन्सको घरेलु मैदान हो। साबिक विजेता गुजरात पहिलो प्ले अफमा चेन्नई सुपुरकिंगसँग पराजित भएको थियो ।

यस मैदानमा अहिलेसम्म आइपिएलका २५ खेल भएका छन्, जसमा पहिला ब्याटिंग गर्ने टिमले १२ खेल जितेका छन् भने रन चेज गर्ने टिमले १३ खेल जितेका छन् । यस मैदानको पहिलो इनिंगको औसत रन १६८ रहेको छ । यस मैदानमा अहिलेसम्म यसै सिजनमा गुजरातले लखनउविरुद्ध सर्बाधिक २२७ रन बनाएको थियो ।

आइपिएलमा दुवै टीमबीच अहिलेसम्म भएका तीन खेलमा मुम्बईले २ जितेको छ भने गुजरातले एक खेल जितेको छ ।

मुम्बईले पहिलो क्वालिफायरमा लखनउ सुपरजायनटलाई ८१ रनले पराजित गरेको थियो । आजको विजेताले उपाधिका लागि आइतबार चेन्नईसँग खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?