‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज दुई खेलहरू हुँदैछन् । दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।

पहिलो खेल नेपाल पुलिस क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र खुमलटारबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

पुलिस आज आठौं जितको योजनामा हुनेछ । पुलिस २० खेलमा २५ अंक जोडेर १० औं स्थानमा रहेको छ । खुमलटार सातौं जितको खोजीमा हुनेछ । खुमलटार २० खेलमा २१ अंक जोडेर पुछारमा रहेको छ ।

यस्तै दोस्रो खेल हिमालयन शेर्पा क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

हिमालयन आज सातौं जितको योजनामा रहेको छ । हिमालयन २० खेलमा २६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

थ्री स्टार सातौं जितको योजनामा रहेको छ । थ्री स्टार २० खेलमा २६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?