तनहुँ । जंगली च्याउ खाँदा तनहुँमा एकै घरका तीन जना गम्भिर बिरामी परेका छन् ।
बिहीबार बिहान घर नजिकैको जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाएपछि व्यास नगरपालिका-५ चिन्तुटारका एकै परिवारका तीनजना बिरामी परेका हुन ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक तथा प्रबक्ता मोहनबहादुर खाँडका अनुसार शुकबहादुर गुरुङ, उहाँकी श्रीमती ६० बर्षिया मीनमाया तामाङ गुरुङ र ३२ बर्षिया छोरा थमन गुरुङ बिरामी हुनुभएकाे हाे ।
उहाँका अनुसार बिरामी भएपछि तीन जनाको दमौली स्थित दमौली अस्पतालमा उपचार गरिएको थियो । तर, शुकबहादुरलाई थप उपचारको लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पताल पोखरामा रेफर गरिएको छ भने बाँकी दुई जनाको दमौली अस्पतालमा उपचार भइरहेको छ ।
Live: प्रतिनिधि सभा बैठक
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच