-दाने बोहरा
हुम्ला । पाँच महिनादेखि अवरुद्ध भएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-५ मा पर्ने नारा लेख सडकखण्ड सञ्चालनमा आएको छ । गत पुष महिनाको भारी हिमपातले अवरुद्ध भएको उक्त सडक खण्ड केही दिन अघिदेखि सुचारु भएको हो ।
डोजरले नौ दिन लगाएर हिउँ-पहिरो पन्छाएपछि सिमकोट-हिल्सा सडक सञ्चालन आएको हो । नाम्खा गाउँपालिका-५ को यारीमा पर्ने नारा लेकमा जमेको झन्डै चार फिटसम्मको हिउँ र पहिरो पन्छाएर सडक सुचारु हिल्सा-सिमकोट सडक आयोजनाका इन्जिनियर नीरज राजवंशीले बताउनुभयो । नारा पासमा यातायात सञ्चालन गर्न ९ दिन लगाएर हिउँ र पहिरो पन्छाइएको इन्जिनिएर राजवंशीले बताउनुभयो ।
सिमकोट-हिल्सा सडकखण्डको सिमकोट देखि यारीसम्म यातायात सुचारु भए पनि नारामा हिउँ जमेको हुनाले ५ महिनादेखि अवरुद्ध थियो । हिल्सा-यारी खण्डको २८ किलोमिटर सडकमध्ये १० किलोमिटर सडकबाट हिउँ र १८ किलोमिटर सडकबाट पहिरो पन्छाइएको हो ।
पाँच देखि सडक यातायात अवरुद्ध हुँदा स्थानीय एवं व्यापारीहरू पैदलै हिँड्न बाध्य थिए । वैशाख १८ गतेदेखि जेठ पहिलो हप्तासम्म ताक्लाकोट जाने हुम्ली तथा हिल्सामा कार्यरत सुरक्षाकर्मीले यसअघि पैदल भएर आवतजावत गरिरहेका थिए । अहिले पहिरो र हिउँ पन्छाएसँगै सडक यातायात सुचारु भएकाले आफु यात्रुहरूलाई सहज भएको सिमकोट गाउँपालिका-७ का स्थानीय विरबहादुर सिंहले बताउनुभयो ।
कर्णाली कोरिडोर अन्तर्गतको हिल्सा-सिमकोट सडकखण्ड हिल्सा-सिमकोट सडक आयोजनाको क्षेत्रमा पर्ने भएकाले कार्यालयले आफैले मेसिन लगाएर हिउँ पन्छाएको इन्जिनियर राजवंशीले बताउनुभयो । अघिल्लो वर्षसम्म हिल्सा नाका बन्द भएकाले सीमित रूपमा सञ्चालन हुने सवारी साधन नाका खुलेपछि भने चीनको ताक्लाकोटसम्मै सञ्चालन भएका छन् । यससँगै त्यहाँ जानेको संख्या पनि बढेको छ ।
Live: प्रतिनिधि सभा बैठक
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच