ताप्लेजुङ । आज बिहान ताप्लेजुङमा स्कारपिओ दुर्घटना हुँदा एक बालक मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका-६ का पाँच वर्षका अंशुमन गुरुङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भोटेगुम्बाबाट पराजुली चोकतर्फ आउँदै गरेको स्कारपिओ दुर्घटना हुँदा बालकको मृत्यु भएको जनाइएको छ । दुर्घटनामा मृतकका ठूलाबुबा चालक कृष्ण गुरुङ घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार मे१च ७३५३ नंको स्कारपिओ अनियन्त्रित भई बाटोदेखि करिब ४०-५० मिटर तल खसी दुर्घटना भएको थियो । गाडीमा सवार दुवै जनालाई घटनास्थलबाट उपचारका लागि जिल्ला अस्पताल ल्याइएकामा बालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए । शव जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ । रासस
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका