बैतडीका ४५ वडा सचिव विहीन

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । बैतडीका ४५ वडा सचिव विहीन रहेका छन् । कुल ८४ वडा मध्ये ४५ वडाहरूमा दरबन्दी अनुसारका सचिव छैनन् । वडा सचिवको अभावमा कार्यालय मार्फत प्रवाह हुने आधारभूत सेवाहरू पाउन समेत नागरिकहरूलाई समस्या छ ।

नौ वटामध्ये सिगास गाउँपालिकाका ४ वडामा सचिव छैनन् । दरबन्दीअनुसार वडाहरूमा सचिव नहुँदा प्राविधिक सायकहरूलाई जिम्मेवारी दिइएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिह धामीले बताउनुभयो । ‘दरबन्दी अनुसार वडासचिवहरू छैनन् प्राविधिकहरूलाई जिम्मेवारी दिएका छौ’ उहाँले भन्नुभयो ‘पदपूर्तिका लागि पटक पटक प्रदेश लोकसेवा आयोगलाई पत्र पठाइसकेका छौ तर पदपूर्ति भएको छैन् ।’

दशरथचन्द नगरपालिका ११ वडामध्ये ४ ओटामा सचिव छैनन् । सचिव नभएका वडामा प्राविधिक सहायकहरूले काम चलाउँदै आएका छन् । यस्तै डिलाशैनी गाउँपालिका ७ वडा मध्ये ४ वडा सचिव विहीन रहेका छन् । यसैगरी जिल्लाको दोगडाकेदार गाउँपालिका ८ ओटा वडा मध्ये ४ वडा सचिव विहीन रहेका छन् । यस्तै मेलौली नगरपालिकाका ९ ओटा वडा मध्ये ७ ओटामा सचिव नरहेका महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै, पञ्चेश्वर गाउँपालिका ६ मध्ये ५ वडामा सचिव छैनन् भने पाटन नगरपालिकाका १० ओटा वडा मध्ये ६ ओटा वडा सचिव विहीन रहेका छन् । यस्तै शिवनाथ गाउँपालिकाका ६ ओटा वडा मध्ये एक वडा सचिव विहीन छ यस्तै सुर्नया गाउँपालिकाका ८ ओटा वडा मध्ये ६ वडा सचिव विहीन रहेका महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ ।

यस्तै, पुर्चौंडी नगरपालिकाका १० ओटा वडा मध्ये ९ ओटा वडा सचिव विहीन रहेका नगरपालिकाका सूचना अधिकारी प्रवीन धानुकले बताउनु भयाे । वडा सचिव नभएका ठाउँमा प्राविधिक सहायकहरूले काम गर्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?