किसानलाई समयमा नै रासायनिक मल दिन माग गर्दै नेमकिपाको बिरोध प्रदर्शन

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी किसान संघले किसानलाई समयमा नै रासायनिक मल दिन माग गर्दै बिरोध प्रदर्शन गरेको छ ।

शुक्रवार संगठनले काठमाडौंको रत्नपार्कमा किसानलाई समयमा नै रासायनिक मल दिन माग गर्दै बिरोध प्रदर्शन गरेको हो ।
उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले किसानलाई उपलब्ध हुने सरकारी अनुदान रकम युरिया मलमा प्रतिकेजी ८० रुपैयाँलाई ६४ रुपैयाँमा घटाएको, डिएपी मलमा प्रतिकेजी ५९ रुपैयाँलाई ५२ रुपैयाँमा घटाएको, पोटासमा ५८ रुपैयाँलाई ४६ रुपैयाँमा घटाएको भन्दै बिरोध जनाएका छन् ।

रासायनिक मलमा गरिएको मूल्यवृद्धि र अनुदान कटौतिको बिरोधमा देशभरका किसानहरुले संघर्ष गरेपछि वर्तमान सरकार यथास्थितिमा राख्न बाध्य भएको भन्दै समयमा सुपथ मूल्यमा मल उपलब्ध गराउन नसक्ने नेपाली काँग्रेसको समर्थन प्राप्त सरकारलाई सिंहदरबार कम्जा गरेर बस्ने अधिकार नरहेको बताएको छ ।

उनीहरुले निजी बैंक र श्रोत नखुलेको सम्पती राष्ट्रियकरण गर्नुपर्ने, नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई हदैसम्मको कारबाही गर्नुपर्ने लगायतका माग राखेर बिरोध जनएका हुन् ।

नेमकिपाले नेपालमै रासायनिक मल कारखाना स्थापना गर, तीन प्रतिशतको मत सीमा खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, देशघाती नागरिकता विधेयक खारेज गर् लगायका प्लेकार्डबोही बिरोध जनाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?