जसपाको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त हुनुभएको छ ।

पार्टी अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवले उहाँलाई प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो ।

प्रमुख सचेतकमा नियुक्त  हुनुभएका प्रदीपलाई संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन तथा निमानुसार पाउने सेवा सुविधा उपलब्ध गराइदिन अध्यक्ष यादवले संघीय संसदका महासचिवलाई पत्र लेख्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?