पाल्पा । पाल्पाको तानसेनमा रोजगार मेला सञ्चालन भएको छ । तानसेन नगरपालिका पाल्पाको आयोजना र स्विस सरकार हेल्भेटासको सहयोगमा बेरोजगारीहरुको लागि तानसेनमा एक दिने वृत्ति विकास तथा रोजगार मेला भएको हो ।
मेलामा उद्योगी, व्यवसायी, विभिन्न संघ संस्थाका २८ वटा स्टलहरु रहेका थिए । मेलामा ३ सय बेरोजगारले आवेदन दिएका छन् । जसमा २ सय ९३ जानाको रोजगार सुुनिश्चित भएको तानसेन नगरपालिकाकी शिक्षा शाखा प्रमुख कपिला न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार १ सय ४५ जनाले सिप सिक्नका लागि आवेदन दिएका छन् । भवन तथा बाटो निर्माणकर्मी संघले १ सय जना दक्ष र १ सय अर्धदक्ष गरी २ सय जना कामदार माग गरेकोमा ८ जनाले मात्र फारम भरेका छन् भने पाल्पाली ढाका संघलाई ४० जना कामदार चाहिएकोमा ५ जनाले मात्र कामको लागि आवेदन दिएका छन् ।
नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) तानसेनको स्टलमा विभिन्न विद्यालयबाट ४ जनाको माग भएकोमा ४५ जनाले फारम भरेको प्याब्सन नगर अध्यक्ष गंगाबहादुर खत्रीले बताउनुभयो । यसैगरी पाल्पा होटल तथा रेष्टुरेष्टका लागि ४० जना दक्ष कामदार चाहिएकोमा १८ जनाले फारम भरेका छन् । दुबै पक्षको सहमतिमा १८ जनाले चाहेको समयमा काम पाउने संघले जनाएको छ ।
पाल्पा व्यापार संघमा रोजगारीको लागि ८ जनाले फारम भरेका छन् । हाम्रो जब लिंकमा २८ जनाले रोजगारीको लागि र ४ जनाले सिप सिक्न आवेदन दिएका छन् । हाम्रो जव लिंकले आवेदन दिएका व्यक्तिहरुको रोजगारी सुनिश्चित गरेको जनाएको छ । नेपाल व्युटिसियनमा ५ जनाले सिप सिक्न आवेदन दिएका छन् । यस्तै नाटा पाल्पाले ३ जना, पाल्पा होजियारीले ३ जना, पाल्पा उद्योग वाणिज्य संघले १० जना माग गरेको छ । २ हजार ५ सयले मेला अवलोकन गरेका थिए । मेलामा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुले निर्माण गरेका घर, विद्यालय, डोजर जस्ता सामग्रीहरु प्रदर्शन गरिएको थियो ।
मेलाको लुम्बिनी प्रदेशका पूूर्व उर्जा, जलस्रोत तथा सिचाइ मन्त्री एवं प्रदेश सांसद वीरबहादुर रानाले उद्घाटन गर्नुभएको थियो । मेलाको उद्घाटन गर्दै मन्त्री रानाले नगरपालिकाले तानसेन नगर भित्र रहेका बेरोजगार युवाहरुलाई रोजगार मेलाले रोजगारी प्रदान गर्ने तथा आवश्यक सिप तथा प्रविधीमा सहयोग पुग्ने बताउनुुभयो । देशको आर्थिक अवस्था जटिल मोडबाट अगाडि बढेको परिस्थितिमा नगरपालिकाले बेरोजगार युवा र रोजगारदाताहरूबिच समन्वयको काम गर्न रोजगार मेलाको आयोजना गरेकोमा सासंद रानाले खुसी व्यक्त गर्नुभयो । देशमा लगानीको वातावरण नहुँदासम्म रोजगारीको सिर्जना नहुने बताउँदै लगानीको वातावरण सिर्जना गर्न ,युवा शक्तिलाई स्वदेशमा नै स्वरोजगार बनाउन र मुलुकको समृद्धिका लागि देशमा तीन तहको सरकारहरुले यस्ता मेला समय समयमा गर्नुपर्नेमा प्रदेश सांसद रानाले जोड दिनुुभयो । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले कर्म गर्न खोज्ने युवा शक्तिलाई स्वदेशमै रोजगार तथा स्वरोजगार बनाउन मेलाबाट सहयोग पुग्ने बताउनुभयो ।
तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठ, उपप्रमुख प्रतिक्षा गाहा सिङ्जालीले क्षमता र सीप भएर बेरोजगार भएका र सिप क्षमता बढाएर रोजगारी गर्न चाहेका दुबै थरी जनशक्तिको लागि रोजगार मेलाबाट समेटिने बताउनुभयो ।
हेल्भेटास इनसियोर लुम्बिनी प्रदेश संयोजक निर्मला मैनालीले हाल ३५ लाख युवाहरू बैदेशिक रोजगारमा रहेको र सन २०२२ मा विदेशबाट करिब ११ खर्ब रेमिटान्स भित्रिएको बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका