यस्तो छ तपाईंको जेठ १३ गते शनिबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० जेठ १३ गते शनिबार ई.सं. २७ मे, २०२३ । तिथि- ज्येष्ठ शुक्लपक्ष सप्तमी, ५ः४४ बजेपछि अष्टमी, नक्षत्र- मघा, योग- व्याघात, करण- वणिज, चन्द्रराशि- सिंह, सूर्योदयः ५ः१२, सूर्यास्तः १८ः५१ ।

मेष : परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ ।

वृष : हाँकेका, ताकेका काम सम्पन्न हुन थाल्नेछन् ।

मिथुन : एक्लोपन र निराशाले सताउनेछ ।

कर्कट : मन आनन्द प्राप्तिका लागि आकर्षित बन्नेछ ।

सिंह : मन प्रफुल्ल रहनेछ र आत्मबल बढ्नेछ ।

कन्या : जीवनसाथीका बीचमा मनोमालिन्य हुन सक्छ ।

तुला : खर्च बढे पनि घरायसी सुखसुविधाका सामग्रीको जोहो हुनेछ ।

वृश्चिक : बन्दव्यापार र पेसाबाट सन्तुष्टि मिल्ने देखिन्छ ।

धनु : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।

मकर : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

कुम्भ : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

मीन : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?