शहीद स्मारक लिगः आज तीन खेल हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदैछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछन भने च्यासल मैदानमा एउटा खेल हुनेछ ।

जसअनुसार च्यासल मैदानमा मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा जावालाखेल युथ क्लब र एपिएफ फुटबल क्लबका बीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

यसैगरी, दोस्रो खेलमा चर्च ब्वाईज र संकटा क्लब आमुने सामुने हुनेछ । जुन खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?