सिकाई प्रति विद्यार्थी आकर्षित गर्न शैक्षिक सामाग्रीको प्रर्दशनी

हिमालय टाइम्स
Read Time = 5 mins

-नृपेन्द्र बहादुर मल्ल

मुगु । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका-७ स्थित कर्णाली माध्यामिक बिद्यालयका शिक्षक, तथा बिद्यार्थीहरुको सहकार्यमा निमार्ण गरिएका शैक्षिक सामग्रीहरुको प्रर्दशनी गरिएको छ ।

शिक्षण सिकाई क्रियाकलापलाई सहज बनाउन, सिकाईलाई चिर स्थायी र प्रभावकारी बनाउने उदेश्यका साथ शैक्षिक सामाग्रीहरुको शुक्रबार निमार्ण तथा प्रदर्शन गरिएको हो ।

विद्यालयका शिक्षक र बिद्यार्थीहरुको समन्वय र सहकार्यमा एक साता लगाएर स्थानिय स्राेत साधनहरुको भरपुर प्रयोग गरि निमार्ण गरिएका शैक्षिक सामग्रीहरु विद्यालयले एक औपचारिक कार्यक्रम गदै प्रर्दशनी गरेको थियो ।

पाठयक्रमले निर्देश गरेका पाठ्यपुस्तकमा उल्लेखित पाठहरुका विषयवस्तुमा आधारित रहेर बिद्यार्थीहरुले शिक्षकको समन्वयमा स्थानीय स्रोत साधनबाट कागजका विभिन्न खेलौना सामाग्री,निगालो,माटोका सामाग्री निमार्ण गरेका छन ।

शिक्षकको शिक्षण सहज, प्रभावकारी बनाउन र विद्यार्थीहरुलाई सिकाईप्रति ईच्छुक,जागरुक र लगनशिल बनाउने उदेश्यकाका साथ शैक्षिक समाग्रीहरुको निमार्ण तथा प्रर्दशनी गरिएको र निमार्ण गरिएका सामग्रीहरुको कक्षा शिक्षणमा शिक्षक तथा विद्यार्थीहरुले व्यवहारिक प्रयोग गर्नुहुने कर्णाली माध्यामिक बिद्यालय टोप्लाका प्रधानध्यापक चन्द्र प्रकाश बढुबाले बताउनु भयो । उहाँका अनुसार शैक्षिक सामग्रीहरुको प्रयोगले विद्यार्थी, शिक्षक दुवैको रचनात्मक क्षमता बढ्नुका साथै शिक्षण, सिकाई दिगो र अर्थपुर्ण हुन्छ ।

यस बिद्यालयमा ४५० जना बिद्यार्थी अध्ययनरत छन । शिक्षण सिकाई क्रियाकलापमा आवश्यक शैक्षिक सामाग्री निर्माण कार्यमा बिद्यार्थीहरुको उत्साहजनक सक्रिय सहभागीता रहेको बिद्यालयले जनाएको छ ।

कक्षा ६ देखि १० सम्मका बिद्यार्थीहरुले सामग्रीहरु निमार्णमा एक अर्कोलाई सघाउदै आत्मियताको भाव देखाएर सहभागी भएका र यो सिकाईले बिद्यार्थी विद्यार्थी र शिक्षक विद्यार्थी विच साथित्वको जस्तो सम्वन्ध बनाएको छ ।

बिद्यालयलाई राम्रो बनाउनका लागी सरोकारवाला निकाय, शिक्षक अभिभावकको उत्तीकै भुमिका हुन्छ । कर्णाली माध्यामिक बिद्यालयको प्रधानध्यापकमा चन्द्र प्रकाश बढुवाल आईसकेपछि बिद्यालयको परिर्वतन देखेर सबै अभिभावक पनि खुसी भएका छन ।

शैक्षिक सामग्री निमार्ण तथा प्रदर्शन कार्यक्रममा बोल्दै छायाँनाथ रारा नगरपालिका नगर प्रमुख बिष्णु कुमार भामले शैक्षिक सामग्री अवलोकन मार्फत प्रेरित भएको बताउनुभयाे । बिद्यालयहरुमा पाठय पुस्तकको अध्ययन मात्र नभई बिद्यार्थीहरुको शिक्षण सिकाईलाई सहज बनाउन, प्रभावकारी तुल्याउन अन्य बिद्यालयले पनि यस्तो सिको गर्नु पर्ने देखिएको छ । बिद्यार्थीहरुलाई अध्ययन अध्याापनमा पाठयपुस्तकको जतिकै भुमिका हुन्छ शैक्षिक क्रियाकलापको पनि उत्तिकै भुमिका हुन्छ । त्यसमा विभिन्न चित्र मार्फत अध्ययन अध्यापन गराउदा अझै बिद्यार्थीको सिकाईमा निखारता आउने नगर प्रमुख भामले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?