नौविसे स्वास्थ्य चौकीको सिआर एक्स–रे मेसिन डेढ वर्ष देखि थन्कियो

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 3 mins

धादिङ । धादिङको धुनीबेशी नगरपालिका वडा नम्बर ७ स्थित खानी खोलामा रहेको नौविसे स्वास्थ्य चौकीमा डेढ वर्ष देखि सिआर एक्स–रे मेसिन थन्किएको छ । दक्ष जनशक्ति नहुँदा एक्स–रे मेसिन थन्किएपछि सेवा लिन आउने विरामी, सेवाग्राहीहरु संघीय राजधानी काठमाडौं जान बाध्य भएका छन् ।

मेसिन संचालन गर्न दक्ष जनशक्ति नहुँदा थन्किएको उपकरण एकातिर बिग्रने अवस्थामा पुगेको स्वास्थ्य चौकीका मेडिकल अफिसर अमृत उप्रेतीले जानकारी दिनुभयो । भण्डै डेढ वर्ष अघि धुनीबेशी नगरपालिकाले २५ लाख हाराहारिमा खरिद गरी ल्याएको सिआरे एक्स–रे मेसिन बिग्रने अवस्थामा पुगेको उहाँको भनाई छ ।

उप्रेती भन्नु हुन्छ : नगरपालिकाले नौविसे स्वास्थ्य चौकीका लागि खरिद गरिएको यो उपकरण प्राविधिक कारण सञ्चालन गर्न नसकेको हो । एक्स–रे मेसिनलाई प्लास्टिकले छोपेर राखेको छ । यो उपकरण छिट्टै प्रयोगमा नआउने हो भने बिग्रने क्रममा छ ।” सिआर एक्स–रे मेसिन छिटो सञ्चालनमा ल्याउन स्थानीयहरुले नौविसे स्वास्थ्य चौकीसमक्ष माग गरेको छ । लाखौं खर्च गरेर ल्याइएको उपकरण एकातिर थन्काएर राख्ने अर्को तर्फ बिरामीले दुख पाउने अवस्था बन्नु राम्रो नहुने स्थानीयको भनाई छ । थन्काएरै राख्नको लागि हो भने किन मेसिन किन ल्याउनु, सरकारको वजेट किन दुरुपयोग नगर्न आग्रह समेत गरेका छन् । पृथ्वीराजमार्गसंगै जोडिएको स्वास्थ्य चौकीमा स्थानीय मात्रै नभएर दुर्घटना लगायत आपतकालिन अवस्थामा अन्यत्रका बिरामी पनि आउने गर्दछन् । स्वास्थ्य चौकीमा कम खर्चमा सेवा लिन पाइने सेवागा्रहीको आशा भए पनि मेसिन नचल्दा अहिले अन्य ठाउँमा महंगो शुल्क तिरेर सेवा दिन बाध्य छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?