बेथानचोक र खानीखोलाको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 3 mins

काभ्रे । काभ्रेमा चौथो बेथानचोक कप जिल्लास्तरीय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा आयोजक बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिका खेलकुद विकास समिति विजयी भएका छन् । पहिलो खेलमा आयोजक टोलीले महांकाल गाउँपालिकालाई वेष्ट अफ थ्रीमा दुई-एकले हराएको थियो । समूह ‘डी’मा दुई टोलीमात्र रहेकाले आयोजक विजेता र महांकाल उपविजेताका रूपमा क्वाटरफाइनलमा पुगेका छन् । अर्को खेलमा खानीखोलाले चौंरी देउराली गाउँपालिकालाई दुई–शून्यको सोझो सेटमा हरायो । समूह ‘ए’मा अर्को टोली पनौती नगरपालिका रहेको छ ।

जेठ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको समूह ‘बी’मा महाभारत गाउँपालिका, न्यु गौखुरेश्वर युवा क्लब धुलिखेल, बेथानचोक ३ तथा समूह ‘बी’मा मण्डनदेउपुर नगरपालिका र बेथानचोक २ रहेका छन् । सहभागी १० टोलीमध्ये ललितपुरको महांकाल आमन्त्रित टोलीका रूपमा प्रतियोगितामा सहभागी भएको हो ।

बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले रेफ्री संयोजक रहेका राष्ट्रिय रेफ्री विजयकृष्ण बादेलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो । अध्यक्ष अधिकारीले खेल सिकाइको एउटा दरिलो माध्यम भएको र यसले युवापुस्तामा अनुशासन, समय र अवसरको महत्व, सहयोग, सहकार्य, नैतिकता, इमानदारिता, सफलता-असफलता, धैर्यताको विकास हुने उल्लेख गर्दै पालिकाले खेलकुद क्षेत्रमा लगानी गरेको बताउनुभयो ।

लिग कम नकआउटका आधारमा प्रतियोगिताको विजेता टोलीले ६० हजार, दोस्रोले ४० तथा सेमिफाइनलमा पराजित हुने टोलीले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, बेष्ट डिफेन्स, बेष्ट सेटर, बेष्ट स्पाइकर, बेष्ट ब्लकर घोषणा गरी पुरस्कृत गरिने आयोजक बेथानचोक खेलकुद विकास समितिले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?