नागरिकता विधेयक प्रमाणीकरण हुन्छ भन्ने विश्वास छ : प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

शनिबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले अघिल्लो राष्ट्रपति विद्यादेवी भण्डारीले दुईपटक ‘होल्ड’ गरेको नागरिकता विधेयक वर्तमान राष्ट्रपतिले प्रमाणीकरण गरेर समस्या समाधान गर्नेमा आफू विश्वस्त रहेको बताउनु भयो ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरेका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा उनले अघिल्लो राष्ट्रपति विद्यादेवी भण्डारीले दुईपटक ‘होल्ड’ गरेको नागरिकता विधेयक वर्तमान राष्ट्रपतिले प्रमाणीकरण गरेर समस्या समाधान गर्नेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदबाट उत्पत्ति भएको विधेयक मन्त्रिपरिषद्कै निर्णयबाट पुनः प्रमाणीकरणका लागि पठाइएको र उक्त विधेयक प्रमाणीकरण हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?