काठमाडौं । नेपाल गल्फ संघको अध्यक्षमा पुनः टासी घले निर्वाचित हुनुभएको छ । घले लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष चयन हुनुभएको हो । संघको छैटौँ साधारणसभाले घलेको अध्यक्षतामा १३ सदस्सीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । संघको उपाध्यक्षमा तिलक राई, पवित्रकुमार कार्की र फुर्साङ लामा निर्वाचित हुनुभएको छ ।
चुडाबहादुर भण्डारी महासचिव, कृष्णकुमार अग्रवाल कोषाध्यक्ष निर्वाचित हुनुभएको छ । यस्तै, सदस्यमा दीपक आचार्य, दीपक थापा मगर, वीरेन्द्रबिक्रम लिम्बू, प्रवीन याक्थुम्बा, भुबहादुर गुरुङ, अर्षिया बानु, श्रीराम भण्डारी निर्वाचित हुनुभयो ।
कार्यक्रम दौरान संघले दुई युवा खेलाडी सुवास तामाङ र सद्भाव आचार्यलाई जनही २५ हजार नगदसहित सम्मान गरेको छ । उहाँहरूले बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा टिम इभेन्ट्समा स्वर्ण पदक जित्नुभएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका