‘उपभोक्ताले कम खर्च गर्दा जर्मनी मन्दीको चपेटामा’

Read Time = 2 mins

बर्लिन । गतवर्ष ऊर्जाको मूल्यमा आएको नकारात्मक परिवर्तनको कारण उपभोक्ताको खर्चमा असर परेपछि जर्मनी मन्दीको चपेटामा परेको सिएनएनले जनाएको छ । सन् २०२२को अन्त्यमा ०.५ प्रतिशतले संकुचन आएको युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रको उत्पादन यस वर्षको पहिलो तीन महिनामा ०.३ प्रतिशतले घटेको आधिकारिक तथ्यांकले देखाएको छ ।

संघीय तथ्यांक कार्यालयले अघिल्लो त्रैमासिकको तुलनामा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा शून्य वृद्धिको अघिल्लो अनुमानलाई घटाएको छ । सिएनएनका अनुसार मन्दीलाई लगातार दुई त्रैमासिक घट्दो उत्पादनको रूपमा परिभाषित गरिएको छ । कार्यालयले भनेको छ, ‘उच्च मूल्यवृद्धिको निरन्तरताले वर्षको सुरुमा जर्मन अर्थव्यवस्थामा बोझ परेको छ । यो विशेषगरी परिवारको अन्तिम उपभोग खर्चमा प्रतिबिम्बित भएको छ । सन् २०२३को पहिलो त्रैमासिकमा उपभोग खर्चमा १.२ प्रतिशतले घटेको थियो ।’

प्यान्थियन म्याक्रोइकोनोमिक्सका प्रमुख युरो क्षेत्र अर्थशास्त्री क्लज भिस्टेसनले पहिलो त्रैमासिकमा उपभोक्ताले गरेको खर्च ‘ऊर्जाको मूल्यमा आएको झट्का’ले खुम्चिएको बताए । गतवर्षको फेब्रुवरीमा रूसले युक्रेनमाथि गरेको आक्रमणपछि युरोपेली ऊर्जाको मूल्यवृद्धि भएको थियो ।

सिएनएनका अनुसार त्यसपछि मस्कोले युरोपेली देशहरूमा ग्यास आपूर्तिमा अवरोध पु¥यायो, जसले गर्दा जर्मनीले आपत्कालीन अवस्था घोषणा गरेको छ । रासस÷एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?