‘बहाव’को थाइल्याण्ड भ्रमण अफरमा विद्या न्यौपाने विजेता

Read Time = 1 min

काठमाडौं । चलचित्र ‘बहाव’ले घोषणा गरेको थाइल्याण्ड भ्रमण अफरको विजेता पाल्पाकी विद्या न्यौपाने हुनुभएको छ । काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रकी अभिनेत्री सुरक्षा पन्तले गोला प्रथाबाट विजेता छनोट गर्नुभएको हो । विजेता न्यौपानेले भ्रमणमा दुईतर्फी हवाई भाडा र तीन तारे होटेलमा बसाइसहितको चार रात, पाँच दिनको टुर प्याकेज पुरस्कार स्वरूप प्राप्त गर्नुभएको छ ।

यसअघि निर्माण पक्षले ‘पुरस्कार जित्न योग्य हुन ‘बहाव’ चलचित्रको टिकट खल्ती एपमार्फत काट्नुपर्ने र खल्ती एपबाट चलचित्रको टिकट काटेर चलचित्र हेर्ने एक जोडीले एमडी होलिडेजको तर्फबाट थाइल्याण्डको टुर प्याकेजको घोषणा गरेको थियो ।

यो चलचित्र गत चैत २४ गते सिनेमाघरमा आएको थियो । श्रीधर पौडेलको निर्माणमा तयार भएको चलचित्रमा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । चलचित्रमा सुरक्षा पन्त, कमलमणि नेपाललगायत कलाकारको अभिनय छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?