भ्रष्टाचारको जरैदेखि अनुसन्धन आवश्यक : दाहाल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । घुम्ती कविगोष्ठीको १२६औं शृंखलाको रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । कपनथिस्त जुगल विद्यालयमा आयोजित उक्त कार्यक्रमको सभापतित्व सोही विद्यालयका अध्यक्ष डोरप्रसाद आचार्यले गर्नुभएको थियो । प्रमुख अतिथि रामबहादुर पहाडी रहनुभएको थियो भने विशिष्ट अथिति वरिष्ठ पत्रकार प्रा.पुरुषोत्तम दाहाल रहनुभएको थियो । परशुरामा परासरले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष माधवलाल श्रेष्ठले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि दाहालले भुटानी शरणार्थीसम्बन्धी वर्तमान भ्रष्टाचार प्रकरणबारे बताउँदै यो पञ्चायत कालदेखिकै पुरानो समस्या भएका कारण हाल राम्ररी अनुसन्धान हुन नसकिरहेको अवस्थामा यसको जरैदेखि अनसन्धान हुनुपर्ने धारणा राख्नुभएको थियो । उहाँले आफू अमेरिका जान चाहेर घुस दिनेहरू पनि अपराधी नै हुन् भन्नुभएको थियो ।

उक्त कार्यक्रममा रामचन्द्र दाहाल, सुरेशचन्द्र घिमिरे, अच्युतप्रसाद पौडेल, बिसुकुमार केसी, डोरबहादुर केसी, शारदा पराजुली, तृष्णा श्रेष्ठ, कात्यायन, घनश्याम प्रसाई, विमल अर्याल, रुद्र अधिकारी तथा थरेन्द्र बरालले आआफ्नो रचनाहरू सुनाउनुभएको थियो । आफ्ना रचना वाचन गर्ने अन्य साहित्यकारहरूमा ओमप्रसाद कोइराला, ढुण्डीराज मरासिनी, रामकुमार पण्डित, रूपक लामिछाने, तोयानाथ तिवारी राजेशमन केसी, बिन्दु अधिकारी ढकाल, तिलकप्रसाद लुइँटेल, विनोद दाहाल वत्स, बिनिता कार्की, नम्रता श्रेष्ठ, कृष्णप्रसाद पौडेल, सुशील आचार्य, गीता मिश्र पुडासैनी, स्मारिका पोखरेल, रीता थपलिया तथा लव खड्का रहनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?