आज हाम्रो देशमा जनताका धेरै अपेक्षा छन् । सरकारले जनताका ती अपेक्षा पूरा गर्न अझै सकिरहेको छैन । जनतामा एकखालको असन्तुष्टि बढेको देखिन्छ । सरकारले जनताको विश्वास जितेर काम गर्नुपर्ने आवश्यकता देखिएको छ । अब कुरा गरेरमात्र हुँदैन, काम गरेर देखाउनुपर्छ । कुरा धेरै भए तर कुरा अनुसार काम पटक्कै भएको छैन । सरकार गतिका साथ अघि बढ्न सकेन । देशमा सुशासन कायम हुन सकेको छैन । भ्रष्टाचारले जरा गाढेर बसेको छ । चुस्त सेवा प्रवाह नहुँदा नागरिकले अनावश्यक दुःख पाइरहेका छन् । बेरोजगारी समस्या दिनौंदिन बढिरहेको छ । यस विषयमा सरकार खासै गम्भीर बन्न सकिरहेको छैन ।
प्राकृतिक स्रोतसाधनको उचित र प्रभावकारी सदुपयोग गरी देश विकास गर्न सजिलो हुने थियो । तर, सरकार यस्ता कुरामा ध्यान नै नदिए जस्तो गरिरहेको छ । युवा दक्ष जनशक्ति आफ्नै देशमा रहेर काम गर्न सके मुलुकको विकास हुन सक्छ । खोई सरकारको यस विषयमा ध्यान पुगेको ? अब हामीले तिरेको करको हिसाब हामी आफैँ खोज्नुपर्छ । जनताले खाई नखाई कर तिर्ने तर सरकारले सही सदुपयोग नगर्दा देश र जनताले आफैँ दुःख पाउनु परिरहेको छ । आज लाखौं युवा विदेशी भूमिमा पलायन छन् । उनीहरू आफ्नो श्रम, पसिना विदेशी भूमिमा बगाइरहेका छन् । नेपाली युवाको पसिनाले मरुभूमि सिञ्चन भइरहेको छ भने हाम्रा खेतबारी झाडीमा परिणात भएका छन् । यो निकै नै दुखद् कुरा हो ।
युवा शक्तिलाई स्वदेशमा नै विकासका क्रियाकलापमा सहभागी बनाउनुपर्छ । अत्यावश्यक वस्तु नेपालमा उत्पादन गर्ने नीति सरकारले अघि सार्नुपर्छ । त्यसो भयो भनेमात्र देश समृद्ध हुन सक्छ । अब हामी आधुनिक वैज्ञानिक उत्पादनशील कृषिमा केन्द्रित हुनुपर्छ ।
युवालाई विदेश जान रोकेर स्वदेशमा विभिन्न उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, कृषि, पर्यटनबाट देशमा रोजगारी सिर्जना गर्न सरकारलाई के कुराले रोकेको छ ? आफ्नो देश छोडेर विदेशमा कष्टपूर्ण काम गर्न कुनै युवालाई रहर होला र ! यो त बाध्यता हो । शिक्षित पढेलेखेका युवा, युवतीहरू पनि विदेश पलायन भइरहेका छन् । आखिर यो कहिलेसम्म हो ? भलै तत्काल रूपमा तिनै वैदेशिक रोजगारीमा गएका युवाले पठाएको रेमिट्यान्सका कारण देशको अर्थतन्त्रमा केही टेवा पुगेको छ तर यो दीर्घकालीन रूपमा अत्यन्त घातक हुनेछ ।
युवा शक्तिलाई स्वदेशमा नै विकासका क्रियाकलापमा सहभागी बनाउनुपर्छ । अत्यावश्यक वस्तु नेपालमा उत्पादन गर्ने नीति सरकारले अघि सार्नुपर्छ । त्यसो भयो भनेमात्र देश समृद्ध हुन सक्छ । अब हामी आधुनिक वैज्ञानिक उत्पादनशील कृषिमा केन्द्रित हुनुपर्छ । खेतीयोग्य जमिनको विस्तार र व्यवस्थापन, किसानलाई कृषिमा पुँजी, सहयोग, क्षमता र तालिम प्रदान गर्नुपर्छ । कृषि, पर्यटन र उद्योगहरू फष्टाए भने देशको प्रगति हुन बेर लाग्दैन । कृषिको आधुनिक र वैज्ञानिक प्रविधिमा विकास गर्दै जानुपर्छ । कृषि औजार र सामग्री देशमा उत्पादन गरी कृषि क्षेत्रलाई विस्तार र विकास गर्नुपर्छ ।
कम मूल्य र सहज रूपमा बिउ, बिजन मलखाद, ढुवानी आदिको व्यवस्था भयो भने राम्रो हुन्छ । छिटो र सजिलो रूपमा उब्जनी हुने, नगदे बाली अन्न, धान चामल, गहुँ, मकै तरकारी, सागसब्जी, फलफूल, दूध डेरी, माछा मासु देशमै उत्पादन गरी अत्मनिभर हुने कोसिस सबैले गर्नुपर्छ । राष्ट्रिय स्रोत, पुँजी र खर्चको उचित उपयोग र व्यवस्थापन पनि देशको विकासका प्रमुख क्षेत्र हुन् । अब सरकारले गुणस्तरीय शिक्षा र स्वास्थलाई बढी ध्यान दिनुपर्छ । निजी अस्पताल तथा शैक्षिक संस्थामा चर्को शुल्क लिने काम गरिरहेका छन् ।
यो धन्दा बन्द गरिनुपर्छ । सबै निजी संस्थाहरूमा चर्को शुल्क लिनेलाई कडा कानुनी कारबाही गर्नुपर्छ । कामलाई थप डिजिटल, प्राविधिक, चुस्त, छिटो छरितो र समय मै जनताको काम सक्ने बनाउनुपर्छ । सरकारी सेवामा बढीभन्दा बढी शिक्षित र क्षमतावान व्यक्तिलाई आकर्षित गर्नुपर्छ । राजनीतिक नियुक्तिमा आफन्तभन्दा योग्य र सक्षम व्यक्तिलाई चयन गर्नुपर्छ । राजनीति पार्टी अब कमाई खाने भाँडो बनाउनु हुँदैन । भागबण्डालाई अब सदाका लागि बन्द गर्नुपर्छ ।
राजनीतिलाई स्वच्छ र सफा मनले देश र जनहितमा प्रयोग गर्नुपर्छ । राजनीति भनेको जन सेवा हो । सार्वजनिक पदमा पुग्नेले भ्रष्टाचार गरेमा कडाभन्दा कडा कारबाही हुनुपर्छ । स्थानीय निकायलाई बढी साधन, स्रोत र दक्ष जनशक्ति दिई जनताको अधिक सेवा कार्य र भौतिक आर्थिक विकास, रोजगारी र आय आर्जनमा लगाउनुपर्छ । अब हामी सबैले देशका बारेमा सोच्ने बेला आएको छ । त्यसै देश बन्दैन । देश बनाउन सबै नेपाली एकजुट हुनैपर्छ । हामी नेपाली जनता एक जुट नभएसम्म देशको विकासले गति लिन सक्दैन ।
देशमा बेरोजगारी समस्या दिन प्रतिदिन बढदै जानु खतराको संकेत हो । यसको समाधान नै अहिलेको प्रमुख आवश्यकता हो । बेरोजगारी समस्याले सबैलाई पिरोलेको छ । बेरोजगारी समस्या आज आएर गम्भीर चुनौतीका रूपमा खडा भएको छ । यो चुनौतीलाई पार गर्न अत्यन्तै जरुरी छ । अहिले देशमा जुन किसिमले बेरोजगारी समस्या देखिएको छ, यसको छिटो हल गरिनुपर्छ । बेरोजगारी समस्या समाधान गर्नुपर्ने दायित्व सरकारको हो । देश विकासमा वर्तमान गठबन्धन सरकारलाई सबै नेपाली जनताले सहयोग गर्नुपर्छ । सरकारको एकल प्रयासलेमात्र केही हुँदैन । सरकारलाई गाली गरेरमात्र हुँदैन । आज मुलुकभित्र लाखौँ लाख शिक्षित युवायुवतीहरू बेरोजगार छन् । यो समस्या गम्भीर हो ।
युवा विदेश पलायनले गाउँमा धेरैको घरमा वृद्धवृद्धामात्र बाँकी छन् । बेरोजगार र आर्थिक रूपमा विपन्न समुदायको समस्या ज्युँका त्युँ छन् । बेरोजगार र गरिब जनताका समस्या बढेको बढै छन् । नेताहरू उनीहरूलाई अगाडि देखाएर सत्तास्वार्थको भर्याङ चढ्ने गर्छन् ।
अब युवा नेताहरू गम्भिर भएर देश बनाउने साझा एजेण्डा बोकेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ । देशमा बेरोजगारको स्थिति भयावह बन्दै गएको छ । रोजगार गुमाएका आम श्रमिकहरूका लागि सरकारले रोजगारको वैकल्पिक उपाय खोज्नुपर्ने जरुरी देखिएको छ ।
राजनीतिक दल र तिनका नेताहरू अब इमानदार देखिनुपर्ने बेला आएको छ । यसरी देश चल्दैन । सत्तामा पुगेपछि सबैकुरा बिर्सने प्रवृत्ति नेताहरूमा हावी भयो । देशमा गरिबीको संख्या बढिरहेको छ । दैनिक कमाएर बिहान-बेलुकाको छाक टार्नसमेत धौधौ छ । युवालाई कृषि कर्ममा लगाउन सकियो भने विदेशिने पैसा स्वदेशमै रोक्न सकिन्छ । अब राज्यले दीर्घकालीन योजना बनाएर युवालाई सीपमूलक शिक्षामा जोड दिनुपर्छ । अब यो कुरामा कुनै ढिलाइ गर्नु हुँदैन ।
सरकारी निकाय तथा निजी क्षेत्रले स्वदेशमा रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्नुपर्छ । मानिसलाई बाँच्नका निम्ति गाँस, बास र कपास अत्यावश्यक वस्तु हुन् । यी कुराको जोहो गर्न रोजगारी चाहिन्छ । रोजगार भएन भने बाँच्न समस्या हुन्छ । यी सब कुरा सरकारले ध्यान दिनुपर्ने कुरा हुन् । सरकार कानमा तेल हालेर बस्यो भने जनताले दुःख पाउँछन् । आज भएको पनि यही हो । देश र जनताका निम्ति सोच्ने नेताको खाँचो छ अब । अब जनता धेरै चेतनशील र जागरुक भएका छन् । मुलुकको चिन्ता गर्ने दूरदर्शी नेता यो देशमा भए मुलुक बन्न धेरै बेर लाग्दैन ।
अब युवा नेताहरू गम्भीर भएर देश बनाउने साझा एजेण्डा बोकेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ । देशमा बेरोजगारको स्थिति भयावह बन्दै गएको छ । रोजगार गुमाएका आम श्रमिकहरूका लागि सरकारले रोजगारको वैकल्पिक उपाय खोज्नुपर्ने जरुरी देखिएको छ । जुन देशमा जनशक्तिको अभाव हुन्छ त्यस देशको उत्पादनमा कमी आउँछ । यसको मुख्य कारण देशमा उत्पादन नहुनु र उत्पादन गर्ने जनशक्ति पलायन हुनु हो । देशमा भएका जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्छ ।
नेपालमा भएका जनशक्तिको सदुपयोग गरेर सरकारले धेरै फाइदा लिन सक्नु पर्दथ्यो । खोइ त्यतातिर ध्यान दिएको ? अब सरकारले स्वदेशमा दक्ष जनशक्ति उत्पादन गर्ने कुरामा ध्यान दिनुपर्छ । हामीले देखिरहेका छौँ, अहिले स्वदेशमा दक्ष जनशक्तिको अभाव छ । यो सत्य कुरा हो । नेपालका विभिन्न ठाउँमा पर्यटनको ठूलो सम्भावना रहेको छ । त्यसो भएकोले नेपालमा पर्यटकीयस्थल विस्तार गर्ने कुरामा सरकारको ध्यान जानुपर्ने जरुरी देखिन्छ । त्यसैगरी कृषि वा पशुपालनमा युवाहरूलाई आकर्षित गर्ने खालका योजना तर्जुमा गर्नुपर्ने आजको आवश्यकता पनि हो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका