हरिचौर बजारलाई सौन्दर्यकरण गरिँदै

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । हरिचौर बजार बागलुङको पुरानो जिल्ला सदरमुकाम हो । साँघुरा ठाउँमा अव्यवस्थित बस्ती । त्यसले गर्दा बजारको सौन्दर्यता हराउँदै गएको छ । तर गलकोट नगरपालिकाले बजारको सौन्दर्यलाई जोगाइराख्न व्यवस्थित बजारका रुपमा विकास गरि रहेको छ । बजार क्षेत्रमा आवश्यक पर्ने पूर्वाधारसमेत निर्माण गर्न थालेको छ । सार्वजनिक स्थलमा खानेपानी, शौचालय, बाल उद्यानलगायतका संरचना निर्माणमा नगरपालिकाले ध्यान दिएको छ ।

नगरपालिले चालु आर्थिक वर्षमा बालबालिका र वृद्धवृद्धालाई लक्षित गरि । वडा नम्बर ६ हरिचौरमा बाल उद्यान निर्माण गर्न थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको ६ लाख रुपैयाँले उद्यान निर्माणको सुरुवात गरेको छ । नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्नका लागि हरेक वडामा बाल उद्यानलगायतका संरचना आवश्यक हुने हुँदा हरिचौरमा यस वर्ष उद्यान निर्माण गर्न थालिएको वडा अध्यक्ष पवन हमालले बताउनुभयो । उहाँले बजार नजिकैको दुई रोपनी सार्वजनिक जग्गामा बाल उद्यान निर्माण गर्न थालेको जानकारी दिनुभयो ।

बाल उद्यानसँगै ढल व्यवस्थापनलगायतका कामसमेत गरिरहेको छ । बाल उद्यानका लागि यस वर्ष जग्गा व्यवस्थापन गरि सम्याएर संरचना निर्माण गर्न थालिएको अध्यक्ष हमालको भनाइ छ । उद्यानसँगै बगैचासमेत व्यवस्थापन गरिने छ । अहिले उद्यानमा बालबालिकाका लागि खेल्ने सामग्रीहरु राखिएको उहाँले बताउनुभयो । अहिलेसम्म बजार क्षेत्रमा कुनै पनि तनाव व्यवस्थापन गर्ने स्थल नभएको भन्दै वडा कार्यालयले छोटो समय भए पनि भुल्ने स्थान बनाउन थालेको अध्यक्ष हमाल बताउनुहुन्छ । आफूहरुले हरिचौर बजारलाई समेत थप व्यवस्थित र बालमैत्री बजारका रुपमा विकास गर्न थालिएको उहाँको भनाइ छ ।

“यस वर्षदेखि हामीहरुले बजार व्यवस्थापन गर्नुका साथै बाल उद्यान निर्माण गर्न थालेका छौँ, बजार तीव्र रुपमा विस्तार हुँदै छ, दिनदिनै भिडभाड हुने हुँदा शान्त हुने ठाउँको अभाव पनि छ, त्यसले गर्दा मान्छेलाई एकै छिन भए पनि ‘फ्रेस’ हुन र मनलाई शान्त पार्नका लागि बाल उद्यान निर्माण गरेका हौँ,” अध्यक्ष हमालले भन्नुभयो- “खास गरि बालबालिका र वृद्धवृद्धालाई लक्षित गरि यो निर्माण गरेका हौँ, यस वर्ष केही काम भएको छ, आगामी वर्षको बजेटले पूर्णता दिने छौँ, उद्यानमा फुलबारी हुने छ, बालबालिका खेल्ने सामग्री अहिलेनै राखेका छौँ थप सामग्री व्यवस्थापन गर्दै जाने छौँ ।”

अध्यक्ष हमालले हरिचौर बजार क्षेत्र अव्यवस्थित हुँदा आगन्तुक तथा स्थानीयलाई समस्या हुने गरेको भन्दै अब बन्ने सबै संरचना मापदण्ड अनुसार निर्माण हुने र हरिचौरलाई जिल्लाकै उत्कृष्ट बजारका रुपमा विकास गरेने अध्यक्ष हमालले बताउनुभयो । यहाँ रहेका साँघुरो र अफ्ठ्याराे सडकमा बेला बेला दुर्घटना हुने गरेको भन्दै अहिले ढलान गरेको उहाँ बताउनुहुन्छ ।

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले हरिचौर बजारको सौन्दर्यकरण गरि व्यवस्थित बजार बनाउन नगरपालिकाले मापदण्ड बनाएको बताउनुभयो । बजारमा तीव्र रुपमा घर भवनहरु बनि रहेको भन्दै अब निर्माण हुने सबै संरचना नगरपालिकाले बनाएको मापदण्ड अनुसार बनाउनु पर्ने प्रवक्ता भण्डारी बताउनुहुन्छ । यहाँ एतिहासिक गलकोट दरबार छ । हरिचौर हुँदै पर्यटकीय स्थल टेउवाको मूर्तिकला पुगिने हुँदा बजारमा विभिन्न संरचनाहरु बनाउन थालिएको उहाँको भनाई छ ।

प्रवक्ता भण्डारी भन्नुहुन्छ- “हरिचौर बजार पर्यटकीय हिसाबले निकै संभावना बोकेको ठाउँ हो, यहाँ दैनिक आन्तरिक पर्यटक घुम्न आउने गर्छन्, यहाँको गलकोट दरबार र टेउवाको मूर्तिकला हेर्न आउने पर्यटकले एकैछिन थकान मेटाउनका लागि र बालबालिकालाई ‘रिफ्रेसमेन्ट’ गराउनका लागि पार्क निर्माण भएको छ, अहिले सामान्य रुपमा निर्माण भए पनि यसलाई थप व्यवस्थित बनाउने योजना छ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?