पूर्वराष्ट्रपति भण्डारीबाट राससको तस्बिर प्रदर्शनी अवलोकन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज भद्रकालीस्थित राष्ट्रिय समाचार समिति ९रासस० को केन्द्रीय कार्यालयमा गणतन्त्र दिवस, २०८० का सन्दर्भमा आयोजित तस्बिर प्रदर्शनीको अवलोकन गर्नुभएको छ ।

नेपालका सांस्कृतिक पक्ष समेटेर राससबाट सम्प्रेषण भएका तस्बिरहरू ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा यही जेठ ११ गतेदेखि साताव्यापी प्रदर्शनीमा सातै प्रदेश एवम काठमाडौँ उपत्यकाका गरी ७७ तस्बिर समाविष्ट गरिएका छन् । राससका फोटो पत्रकारहरुले खिचेका र सम्पादन कक्षबाट सेवाग्राहीमा सम्प्रेषण भइसकेका नेपालका विभिन्न चाडपर्व, जात्रा, मेलामहोत्सव तथा मठमन्दिर, गुम्बा, चैत्य, ताजियाजस्ता मूर्त–अमूर्त संस्कृति एवं सम्पदासम्बन्धी तस्बिर प्रदर्शनीमा राखिएका छन् ।

तस्बिर अवलोकनपछि राससकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सद्भावको रसायन मानिने सांस्कृतिक क्षेत्रका तस्बिर समावेश गरी प्रदर्शनी गरिनु सामयिक भएको बताउनुभयो । संस्कृति एक समाज र अर्को समाजबीच सर्दै जाने पनि हुने भएकाले हरेक संस्कृतिको जगेर्ना र प्रवद्र्धन गर्न उहाँले जोड दिनुभयो ।

पूर्वराष्ट्रपति भण्डारी रासस परिसरमा आउँदा राससका कार्यकारी अध्यक्ष धमेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धहरु, विभागीय प्रमुखहरुलगायतले स्वागत गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?