आईपीएल उपाधि भिडन्त: पाँचौं पटक उपाधि जित्ने लक्ष्यमा चेन्नई, दोहोर्‍याउने दाउमा गुजरात

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । इण्डियन प्रिमियर लिग (ईपीएल) फाइनलमा आज चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच भिडन्त हुँदैछ ।

अहमदावादको नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार साँझ ७:४५ बजेदेखि खेल सुरु हुनेछ ।

चेन्नईले पहिलो क्वालिफायरमा गुजरातलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । पहिलो क्वालिफायरमा पराजित भएको गुजरातले दोस्रो क्वालिफायरमा मुम्बई इण्डियन्सलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

चेन्नई र गुजरात अहिलेसम्म आईपीएलमा चार पटक आमने सामने भएका छन् । जसमा गुजरातले तीन पटक जितेको छ भने चेन्नईले एक पटक जितेको छ । चेन्नईले यसै सिजनको पहिलो क्वालिफायरमा गुजरातलाई पराजित गरेको थियो ।

यसअघि २०२२ को सिजनको लिग चरणमा दुई र यस आईपीएलको लिग चरणमा एक पटक गुजरातले चेन्नईलाई पराजित गरेको थियो ।

गएको वर्ष पहिलो पटक आईपीएल खेलेको पहिलो वर्ष नै गुजरातले उपाधि जितेको थियो । चार पटकको विजेता चेन्नईले आईपीएलमा फाइनल खेल्न लागेको यो दशौँ पटक हो।

यस सिजनको आईपीएल विजेता टोलीले २० करोड भारु नगद पुरस्कार पाउने छ। त्यस्तै उपविजेता टोलीले १३ करोड भारु दिइनेछ। त्यसैगरी तेस्रो र चौथो हुने टोलीले पनि सातरसात करोड रुपैयाँ पाउनेछन्।

आईपीएलको इतिहासमा मुम्बई इण्डियन्सले पाँच, चेन्नईले चार, कोलकोताले दुई पटक उपाधि जितेका छन् । त्यस्तै राजस्थान रोयल्स, सनराइजर्स हैदरावाद, डेकन चार्जर्स र गुजरात टाइटन्सले एक/एक पटक उपाधि जितेका छन् ।

रोयल च्यालेन्जर्स बैंगलोर, पञ्जाब किंग्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर किंग्सले अहिलेसम्म उपाधि जितेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *