भोलिदेखि ‘पाल्पा गोल्ड कप’ फुटबल हुँदै

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 4 mins

पाल्पा । कर्णेल उजीरसिंह ‘पाल्पा गोल्ड कप’ फुटबल प्रतियोगिता भोलिदेखि हुुने भएको छ । पाल्पा फुटबल संघ जेठ १ गते पत्रकार सम्मेलन गरी १२ देखि हुने भनिएको फुुटबल प्रतियोगिता सोमबारदेखि गर्न लागेको हो । तयारी नपुुगेका कारण खेल केही दिन ढिला गरी सञ्चालन गर्न लागिएको संघले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा पाल्पा ११ र रुपन्देहीको लिस्नु क्लब बीच पहिलो खेल हुने छ । आयोजक पाल्पा फुटबल संघले गरेको लक्की ‘ड्र’ अनुसार प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ अन्तर्गत पाल्पा र रुपन्देही भिड्ने पक्का भएको हो । तानसेनको टुँडिखेलमा एक कार्यक्रमका बीच भोलि प्रतियोगिताको औपचारिक उद्घाटन हुने छ । प्रतियोगितामा सहभागी १२ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा पाल्पा ११ र लिस्नु क्लबका साथै फोर ब्रदर्श नवलपरासी (पश्चिम), रोडस् रामपुर फुटबल क्लव चितवन, गार्डेन फुटबल क्लव पोखरा, बीर गोर्खाली लखनउ भारत रहेका छन् ।

यस्तै समूह ‘बी’ मा रुपन्देही ११, २८ विघा युथ क्लब नवलपरासी (पूर्व), होराइजन फुटबल क्लब स्याङ्जा वालिङ, स्वयम्भु युथ क्लब काठमाडौं, विष्णुपादुका युथ क्लब पोखरा, दि फेमश महिन्द्र दल गण पाल्पा रहेका छन् ।

समूह ‘ए’ बाट रोड्स रामपुर चितवन र गार्डेन पोखराबीच भएको खेलमा जित्नेले बीर गोर्खाली भारतसंग प्रतिष्पर्धा गर्नुपर्नेछ । यस्तै पाल्पा ११ र लिस्नुबीच भएको खेलमा बिजेताले फोर ब्रदर्श नवलपुर (पश्चिम)सँग प्रतिष्पधा हुनेछ ।

समूह ‘बी’ मा पर्ने रुपन्देही ११ र २८ बिघा नवलपरासी (पूर्व) बीचको खेलमा जित्नेले स्याङजाको होराइजनसँग प्रतिष्पर्धा गर्नेछ । स्वयम्भु काठमाडौ र बिष्णुपादुका पोखराबीचको बिजेताले दि फेमस महिन्द्रदल गणसंघ खेल्नेछ । ११ खेल हुने प्रतियोगितामा दैनिक एक मात्र खेल हुनेछ । प्रतियोगितामा प्रथम हुनेले नगद ३ लाख, दोस्रो हुने टिमले नगद १ लाख ५० हजार, पाल्पाली करुवा ट्रफी, मेडल र प्रमाणपत्र पाउने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय विरजंग राणाले जानकारी दिनुुभयो । प्रतियोगितामा प्रत्येक दिनको म्यान अफ दि म्याचलाई नगद ३ हजार दिइने छ भने उत्कृष्ट गोल रक्षक, डिफेण्डर, सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्तालाई नगद ६ हजार प्रदान गरिनेछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?