राष्ट्रपतिद्वारा १९ जनालाई आममाफीसहित ४८२ कैदीको बाँकी कैद मिनाह

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ४८२ जना कैदीको बाँकी कैद सजाय माफी मिनाह गर्नुभएकाे छ ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषदको सिफारिसमा गणतन्त्र दिवस २०८० को अवसरमा ७ जना जेष्ठ नागरिक र अन्य ४७५ गरी कूल ४८२ जना कैदीको बाँकी कैद सजाय मिनाह गर्नुभएकाे हाे ।

सजाय मिनाह पाउनेहरूमा डाका चोरी,ठगी बहुविवाह कतर्व्य ज्यान वैदेशिक रोजगार कसुरलगायतमा जेलजीवन बिताइरहेकाहरू छन्।

कैद कट्टा गर्ने प्रयोजनका लागि कैदको न्युनतम ५० प्रतिशत कैद भुक्तान गरेकाहरूलाई कैदी मिनाह गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

यस्तै विभिन्न कसुरमा दोषी ठहर भएका व्यक्तिलाई राष्ट्रपतिले आम माफी दिन सक्ने व्यवस्था पनि कानूनमा छ । तर, निश्चित कसुरमा दोषी ठहर भएकाले बाँकी कैद मिनाह र आम माफी सुविधा पाउने व्यवस्था छैन ।

६५ वर्ष पूरा भई ७० वर्ष ननाघेको कैदलाई २५ प्रतिशतसम्म, ७० वर्ष पूरा भई ७५ वर्ष ननाघेको कैदीलाई ५० प्रतिशतसम्म र ७५ वर्ष उमेर पूरा भएका कैदीलाई ७५ वर्षसम्म कैद छुन दिन सक्ने कानूनी व्यवस्था रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?