दिक्तेल नगरपालिकाको श्रमदान अभियानलाई जुट्यो आर्थिक सहयोग

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 4 mins

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको श्रमदान अभियानलाई आर्थिक सहयोग जुटेको छ ।
नगरपालिकाले शनिबारदेखि सोल्माबाट सुरु हुने खार्मी–पाथेका ग्रामिण सडकमा श्रमदान अभियान चलाएर सडक मर्मतसंम्भार गरिरहेको छ ।
सोही अभियानलाई थप टेवा दिन सालपा विकास बैंक दिक्तेलले नगद ४० हजार, सालपा विकास बैंकका सिईओ इश्वरमान राईले व्यक्तिगत ५ हजार र पाथेकाका धनप्रसाद सुवेदीले नगद ५ हजार आर्थिक सहयोग गरेको मेयर तीर्थराज भट्टराईले बताउनु भयो ।

सोमबार श्रमदान गर्न तालखर्कस्थित सडकमा पुगेका मेयर भट्टराई र उपमेयर विसन राईले दिक्तेल २ सोल्माका वडाध्यक्ष ध्रुव विक्रम राईसहित श्रमदानमा आएका नागरिक समक्ष सो आर्थिक सहयोगको सार्वजनिक गरेका हुन् ।

अभियानलाई जापानबाट र सोल्माबासीहरुले पनि सहयोग गर्ने आश्वसन दिएको मेयर भट्टराई बताउनु हुन्छ । सहयोग संकलन सोल्माका वडाध्यक्ष राईको खातामार्फत जम्मा भईरहेको छ ।

पछिल्लो समय श्रमदान गर्ने संस्कृती हराएरको कारण र विकास निर्माणमा श्रमदानको अभियान चलाउनुपर्छ भनेर श्रमदान अभियान चलाईएको मेयर भट्टराईले बताउनु भयो । अभियानले निरन्तरता पाउँछ भन्ने प्रश्नमा, विगतमा पनि केही काम गरेर निरन्तता दिन नसक्दा प्रश्न उठेको स्वीकार्दै श्रमदान अभियानलाई भने कार्यकालभरी निरन्तरता दिने कार्ययोजना बनाईएको मेयर भट्टराईले बताउनु भयाे ।’

अभियानमा कसको के सहयोग ?

श्रमदानमा भौतिक सहगोगदेखि खाजानास्तासम्म सहयोग भईरहेको छ । हिजो र आज मात्रै झण्डै १५० जनाले श्रमदान गरेका छन् ।
हिजो रुपचन्द्र राईले आलु १५ केजी, खोटाङ यातायात प्रालिले एक हजार तथा प्रताप सिं राई, तिलक राई, रामकाजी÷भलाकाजी पुरीले इन्धनसहित चारवटा ट्याक्टर श्रमदानमा उपलब्ध गराउनु भएको थियो ।

आज (आईतबार) दिक्तेल १ की समाजसेवी गीता बस्नेत थापाले जन्मदिनको अवसरमा एक हजार तीन सय, अजम्बरी टोल समिति सोल्माले चाउचाउ एक काटन, डिउ दुई जम्बो, १५ केजी च्याउ, रामकाजी/भलाकाजी पुरीले खाजाका रुपमा मकै भटामास ५ पाथी, आलु ५ पाथी, चार जम्बो मोही सहयोग गर्नुभएको थियो ।

सप्तमणि राई, गंगा सुवेदी, पेमा शेर्पा, बलबहादुर कठेतले चारवटा ट्याक्टर सहयोग गरेका थिए । भोलीका लागि धनप्रसाद गिरी, खगेन्द्र राई, धौलराज राई, धनन्जय राई र सुदीप ढकालले ट्याक्टर उपलब्ध गराउनेछ । नगरपालिकाले एकवटा जेसिभी श्रमदानमा प्रयोग गरिरहेको छ ।

कुटो कोदालो लिएर श्रमदानमा

नगरपालिकाले सुरु गरेको श्रमदान अभियानमा सोल्माका मात्रै नभएर दिक्तेलबाट पनि मानिसहरु पुग्न थालेका छन् । आफ्नै घरको कुटो, कोदालो, बेल्चा, जम्पल र खाजा लिएर श्रमदानमा आउने गरेको छ । अन्य स्थानबाट पनि श्रमदानमा आउने भन्दै फोन आउने गरेको मयेर भट्टराईले बताउनु भयो । कामको प्रगति प्राविधिकको स्टीमेट अनुसार सार्वजनिक गरिने उहाँको भनाई छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?