७० वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बर्दियामा ७० वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ परेका छन् ।

मधुवन नगरपालिका(४ की ७० वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय मंगाराम थारू पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका थारू पहिले पनि बलात्कार मुद्दामा दोषी ठहर भई जेल जीवन बिताएर छुटेका व्यक्ति रहेको जिल्ला प्रहरी प्रमुख एसपी सुदीपराज शाहीले जानकारी दिनुभयो।

२०७५ /०९/ ०४ गते बलात्कार सम्बन्धी कसूर खेपेका थारूलाई अदालतले सोही वर्ष चैत ५ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।  जिल्ला अदालतबाट सफाइ पाएपछि थारु २०७६/०८/०१ मा छुटेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदयस सापकोटाका अनुसार शुक्रबार दिउँसो १ बजेतिर थारू वृद्धाको घरमा प्रवेश गरी बलात्कार गरेको भन्ने किटानी जाहेरी परेको थियो ।

पीडितको तर्फबाट बुहारीले स्थानीय प्रहरीमा पुगेर थारूविरूद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो । थारूलाई पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालत बर्दियाले आइतबार अनुमति दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?