नुवाकोटे टाइगर च्याम्पियन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘दोस्रो मदन भण्डारी रिङ रेस्लिङ महाभिडन्तको उपाधि नुवाकोटे टाइगरले जित्नुभएको छ । ७२औँ मदन स्मृति तथा मदन जयन्तीको सन्दर्भमा ‘सबैका लागि खेलकुद’ भन्ने नाराका साथ मदन भण्डारी रिङ रेस्लिङ विभागले आयोजना गरेको उक्त प्रतियोगितामा हेभिवेटतर्फ नुवाकोटे टाइगरले उपाधि जित्नुभएको हो । उहाँले जितसँगै नगद एक लाख पाँच हजार हात पार्न सफल हुनुभयो ।

वीरेन्द्रनगरस्थित खुलामञ्च घण्टाघरमा उल्लेख्य दर्शकका बीच भएको भिडन्तमा नुवाकोटे टाइगरले किङ रोबोर्टलाई पराजित गर्नुभएको थियो । हार्डकोरतर्फको एक अर्को खेलमा चट्टान विजयी हुनुभयो । उहाँले साइनविरुद्धको भिडन्त जित्दै नगद ७५ हजार हात पार्नुभयो ।

त्यस्तै, मिडल वेटतर्फको खेलमा साइनले डेभिडलाई पराजित गर्नुभयो । उहाँले नगद ७० हजार प्राप्त गर्दा महिलातर्फ लाइटवेट भिडन्तमा तन्नुले आकृतिलाई हराउनुभयो । उहाँले नगद ६० हजार हात पार्नुभयो ।

पुरुष लाइट वेटतर्फ सिजे वल्र्ड विजयी हुनुभयो । उहाँले कम्ब्याट कर्मालाई पराजित गरी नगद ४० हजार प्राप्त गर्नुभयो भने ट्याग टिमतर्फको भिडन्तमा एक्स हिरो एण्ड सुजल टिम विजयी बन्यो । भिडन्तमा टुपी ग्याङ पराजित भयो । एक्स हिरो एण्ड सुजल टिम नगद ५० हजार हात पार्न सफल भयो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा विजेताहरूलाई नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेल, एकेडेमीका अध्यक्ष धु्रव आचार्य, मदन भण्डारी फाउण्डेसनका केन्द्रीय सदस्य टिका विष्ट, प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमाल, सदस्य–सचिव विश्वमित्र सञ्ज्याल, एकेडेमीकी उपमहासचिव सुवर्ण श्रेष्ठ, सचिव सञ्जु महर्जनलगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?