समालोचक र समीक्षकहरू सम्मानित हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । साहित्यिक पत्रकार संघको स्थापनाको ५० वर्षको स्वर्ण महोत्सवको अवसरमा पुस्तक समालोचना र समीक्षामा योगदान पुर्‍याएका दुई-दुईजना समालोचक र समीक्षकलाई सम्मानित गरिने भएको छ । सम्मानतर्फ ‘सापस स्वर्ण महोत्सव समालोचना विशिष्ट सम्मान-२०७९’बाट अग्रज वरिष्ठ समालोचक प्रमोद प्रधान र समालोचक गीता त्रिपाठीलाई सम्मानित गरिने भएको हो ।

सोही कार्यक्रममा ‘सापस स्वर्ण महोत्सव समीक्षा सम्मान-२०७९’बाट समीक्षक ज्ञानु अधिकारी र छविरमण सिलवाललाई सम्मानित गरिने जनाइएको छ । उक्त निर्णय संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको बैठकले गरेको हो ।

दुवै सम्मानका लागि वरिष्ठ साहित्यकारहरू श्रीओम श्रेष्ठ ‘रोदन’ संयोजक, हिरण्यकुमारी पाठक र नरेन्द्रबहादुर श्रेष्ठ सदस्य रहेको सिफारिस समिति बनेको थियो । पुस्तक समालोचना र समीक्षामा सम्मानको घोषणा सम्भवत यो पहिलो निर्णय हो । स्मरण रहोस् सापसले आफ्नो स्वर्ण महोत्सवको अवसरमा केही महिनाअगि पहिलोपटक पुस्तक सम्पादकलाई पनि सम्मानित र पुरस्कृत गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?