यामाहाको हाइब्रिड स्कुटर

Read Time = 2 mins

काठमाडौं । यामाहाको नेपालस्थित आधिकारिक बिक्रेता एमएडब्ल्यु इन्टरप्राइजेजले स्मार्ट मोटर जेनेरेटरसहितको पहिलो हाइब्रिड स्कुटर रे जेडआर १२५ सार्वजनिक गरेको छ । स्कुटर स्ट्याण्डर्ड, डिलक्स, प्रिमियम र प्रिमियम प्लस गरी चार ट्रिममा उपलब्ध रहेको छ । रे जेडआर १२५ हाइब्रिडको केन्द्रमा १२५ सिसीको शक्तिशाली एयरकुल्ड, फ्युल इन्जेक्टेड अर्थात् एफआई ब्लुकोर इञ्जिन रहेको छ भने हाइब्रिड भेरियन्टले स्मार्ट मोटर जेनेरेटरलाई गतिरोधको समयमा शक्ति सहायता प्रदान गर्छन् ।

सुरुमा पिकअप लिँदा इञ्जिन र ब्याट्री पावर दुवै प्रयोग हुने हाइब्रिड प्रविधिको स्कुटर हो । १४५ एमएमको ग्राउण्ड क्लियरेन्स र ९९ केजीमात्रै तौल रहेको स्कुटरमा युनिफाइड ब्रेकिङ सिस्टम (युबिएस), साइड स्ट्याण्ड इञ्जिन कटअफ फङ्सन र २१ लिटर अण्डरसिट स्टोरेजलगायतका सुविधा रहेको कम्पनीले जनाएको छ । स्कुटरमा आइडियल स्टार्टस्टप टेक्नोलोजीको प्रयोग गरिएको छ भने पावर एसिस्ट प्रयोग गरिएकाले उकालो बाटोमा चलाउँदा पनि ठूलो आवाज आउँदैन ।

यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले नेपालको पहिलो हाइब्रिड स्कुटर रे जेडआर १२५ लन्च गर्न पाएकोमा खुसी व्यक्त गर्दै ग्राहकलाई अत्याधुनिक उत्पादन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रे जेडआर १२५ हाइब्रिड स्ट्याण्डर्डको मूल्य दुई लाख ७९ हजार नौ सय रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?